ताजा खबर

पूर्वबाट सुरु भएको नेपथ्यको स‌ंगीत यात्रा सुदूरपश्चिमको धनगढीमा सम्पन्न

RadioTaplajung

पूर्वबाट सुरु भएको नेपथ्यको स‌ंगीत यात्रा सुदूरपश्चिमको धनगढीमा सम्पन्न
 मंसिर १६ गते । नेपथ्यको सांगीतिक यात्रा एकताको सन्देश दिँदै बिहीबार बेलुकी धनगढीको मैदानमा सम्पन्न भएको छ । पूर्वको बिर्तामोडबाट मंसिर ४ गते सुरु भएको यो यात्रा धरान, बुटवलहुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो ।

‘यो ठाउँ आउँदा मलाई द्वन्द्वकालको चरम दिनहरुमा हामीले गरेका यात्राको सम्झना हुन्छ,’ धनगढीका दर्शकहरुसँग संवाद गर्दै नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘अब चाहिँ युद्धपछि सुधारोन्मुख नेपाल देखापर्न लागेकामा खुशी छु ।’

२०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ र तीन पटक ‘शान्तिको लागि शिक्षा’ संगीत यात्रा अभियान अन्तर्गत ब्याण्ड यहाँ उपस्थित भएको थियो । त्यतिबेला आतंकमा बाँचेको सिंगो समाजलाई संगीतका माध्यमबाट थोरै भएपनि राहत दिने उद्देश्यका साथ त्यो अभियान चलाइएको थियो ।

धनगढी रंगशाला प्रांगणमा जम्मा भएका दर्शकहरुमा सँधैजस्तै विविधता देखिन्थ्यो ।

तिनै मध्येकी एक थिइन् विमला विष्ट । आठवर्षे छोरा र तीन वर्षीया छोरी साथैमा लिएर आएकी विमलाको निम्ति भने यो नेपथ्यको पहिलो कार्यक्रम थिएन ।

यसभन्दा अघिल्लोपटक २०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ शान्ति संगीत यात्रामा संलग्न भइ नेपथ्य धनगढीमा प्रस्तुत हुँदा उनी दस कक्षामा अध्ययनरत छात्रा थिइन् । उनी पढ्ने त्रिनगर विद्यालयमा नै त्यो कार्यक्रमको आयोजना भएको थियो ।

‘द्वन्दकालको त्योबेला साँझपख भेला हुन त परको कुरा हिँडडुल गर्न पनि डरमर्दो थियो,’ उनले भनिन्, ‘आज चाहिँ म साना केटाकेटीसमेत साथमा लिएर यसरी रातिको कार्यक्रम हेर्न सक्ने भएकी छु ।’

पौने छ बजे ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट सुरु भएको कार्यक्रम नेपथ्यले लगातार दुइ घन्टासम्म प्रस्तुति दिएपछि सधैं झैं कालजयी गीत ‘रातो र चन्द्रसूर्य’बाट अन्त्य भएको थियो । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण