ताजा खबर

‘ब्राजिलले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने’

SITENAME


‘ब्राजिलले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने’
 मंसिर १६ गते । ब्राजिलको राष्ट्रपतिमा निर्वाचित बनेका जाइर बोल्सोनारोले आफ्नो देशको कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताउनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले केही दिन पहिले ब्राजिल संस्थापक सदस्य रहेको दक्षिण अमेरिकी व्यापार समूह मर्कोसर र यूरोपेली संघ ९इयू० बीच व्यापार सम्झौताका लागि ब्राजिलको पेरिस जलवायु सम्झौताबारेको अडानका कारण शर्तहरू रहनसक्ने भन्ने भनाइप्रति प्रतिवाद गर्दै बोल्सोनारोले कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा ब्राजिल हस्ताक्षर नगर्ने बताउनुभएको हो ।

फ्रान्सका राष्ट्रपतिले आफ्ना श्रमिक तथा किसानहरूलाई उनीहरूको उत्पादन बानीलाई पर्यावरणीय परिवर्तन अनुसार रूपान्तरण गर्न लगाउन नसक्ने र यसो गर्न नसक्ने राष्ट्रसँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न नसक्ने बताउनुभएको थियो ।

यसको अर्थ व्यापार सम्झौतामा असन्तुलन भएको बुझिने उहाँले बताउनुभएको थियो । वातावरणसम्बन्धी मुद्दामा हालका ब्राजिलियाली अधिकारीसँग फरक रहेका बोल्सोनारोले आफ्नो देशलाई पेरिस जलवायु सम्झौताबाट पछि हटाउने सोच रहेको बताइन्छ ।

उहाँले आगामी वर्ष अर्थात् सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलनको आयोजक राष्ट्रहरूको नामबाट ब्राजिललाई हटाउन आग्रह गर्नुभएको समाचारहरू पनि आएका छन् ।

बोल्सोनारोले भन्नुभयो, ‘म्याक्रोनले फ्रान्सको पक्षमा वकालत गर्दै आउनुभएको छ । फ्रान्सको कृषि व्यवसाय पनि मजबुत भएको र मर्कोसुर र यूरोपियन यूनियनबीचको सम्झौता फ्रान्सको हितविपरित हुने निष्कर्षका साथ फ्रान्स सम्झौताको विपक्षमा देखिएको छ ।’ रासस

प्रतिकृया दिनुहोस
SITENAME

तालिबानको धम्कीपछि लिटिल मेसीुको परिवारले छोडे देश

तालिबानको धम्कीपछि लिटिल मेसीुको परिवारले छोडे देश  मंसिर २१ गते ।  तालिबानको चेतावनीका कारण अफगानिस्तानी लिटिल मेसीको परिवार फेरि देश छोड्नु

SITENAME

आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो

आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो  मंसिर २० गते । विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका

SITENAME

इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या

इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या मंसिर १९ गते । इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा बन्दुकधारी गोली हानेर