ताजा खबर

काबेली करिडोर : वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति

RadioTaplajung

काबेली करिडोर : वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति
 मंसिर १५ गते । काबेली क्षेत्रमा उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण हुने काबेली करिडोर प्रसारण लाइन निर्माणका लागि सरकारले मार्ग प्रशस्त गरिदिएको छ । रुख कटानीको स्वीकृति नहुँदा उक्त प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदै आएको थियो । यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रसारण लाइनको क्षेत्रभित्र पर्ने रुख कटानको स्वीकृति दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । कूल १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड निर्माणका लागि स्वीकृति दिइएको हो । दोस्रो खण्डमा पाँचथर–तेह्रथुमखण्ड रहेको छ । सरकारले प्रसारण लाइनको क्षेत्रमा पर्ने टावर निर्माणका लागि तेह्रथुम र पाँचथरका क्रमशः २।९७ हेक्टर र ११।७० हेक्टर गरी कूल १४।६७ हेक्टर वन क्षेत्र प्रयोग गर्न लागिएको हो । ती क्षेत्रका कूल दुई हजार ७२२ रुखबिरुवा हटाउन स्वीकृति दिइएको छ ।
प्रसारण लाइन लामो समय स्थानीयवासीको जग्गा प्रयोग र वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्याका कारण समस्यामा पर्दै आएको थियो । स्थानीयवासीको अवरोधका कारण आयोजनाको म्याद पटकपटक थप गरिएको छ । आयोजनाको फिदिम जोरसाल खण्डमा जग्गा विवादकै कारण १४ वटा टावर निर्माणमा समस्या रहँदै आएको थियो । जग्गा प्रयोगसम्बन्धी विवाद समाधान भए पनि वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या समाधान भएपछि प्रसारण लाइन निर्माणले गति लिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।
उहाँका अनुसार कूल ४० किलोमिटर लामो दोस्रो खण्डको प्रसारण लाइनमध्ये दुई दशमलव आठ किलोमिटर क्षेत्रमा मात्रै तार तान्ने काम बाँकी रहेको छ । आगामी एक महीनाभित्रै वन क्षेत्रको जग्गा प्रयोगको काम सम्पन्न गरेर प्रसारण लाइनको बाँकी काम पूरा गर्ने तयारीमा लागेको आयोजना प्रमुख द्विवेदीको भनाइ छ । पछिल्लो पटक थपिएको समयसीमा आगामी माघ २४ सम्म रहेको छ । सो अवधिभित्रै निर्माण सम्पन्न गर्न प्रयास गरिने उनले बताए ।
मेचीका पहाडी जिल्लामा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न उक्त प्रसारण लाइन निर्माण थालिएको हो । विगत पाँच वर्ष पहिल्यै निर्माण सम्पन्न गर्नुपर्ने कार्यसूची रहेको भए पनि विभिन्न समस्याका कारण अवरुद्ध हुँदै आएको थियो । झापाको लखनपुरदेखि इलामको गोदकसम्म ३४ किलोमिटरको काम यसअघि नै सम्पन्न भएको हो ।
विश्व बैंकको रु दुई अर्ब ५८ करोड ४० लाख सहयोगमा आयोजना निर्माण भइरहेको हो । दमकदेखि पाँचथरको अमरपुरसम्म ९० किलोमिटरमा १३२ केभी डबल सर्किट लाइन निर्माण हुनेछ । लखनपुर, गोदक, पाँचथरको थापाटार र अमरपुरमा समेत सवस्टेसन तयार भइसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो प्रसारण लाइन निर्माणमा विशेष चासो राख्दै आउनुभएको छ । उनले दैनिकजसो नै प्रसारण लाइनको कार्यप्रगतिका बारेमा जानकारी राख्दै समस्या समाधानमा समेत सक्रियता देखाउनुभएको आयोजना प्रमुख द्विवेदीको भनाइ छ ।
प्रसारण लाइन निर्माणकै क्रममा रहेको भए पनि ‘काबेली बी १’ आयोजनाले भने आगामी एक महीनाभित्र परीक्षण उत्पादन शुरु गर्ने तयारी गरेको छ । आयोजनाका निर्देशक कुबेरमणि नेपालका अनुसार आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ ।
सो आयोजनाको क्षमता २५ मेगावाट रहेको छ । उत्पादित विद्युत् थापाटारमा रहेको सवस्टेशनमा जोड्ने तयारी गरिएको छ । यस्तै सोही करिडोरमा माउण्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको छ । ती आयोजनाबाट कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ । कारोवार

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,