मैवाखोलाले उद्यमीलाई ५ लाख रुपैयाँसम्म अनुदान दिने

रेडियो ताप्लेजुङ
मङ्सिर ९ गते । मैवाखोला गाउँपालिकाले पालिकाभित्र उद्यम गर्न चाहने व्यक्तिलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ।
गाउँपालिकाले ‘नवप्रवर्तनमा आधारित अध्यक्ष स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अनुसार व्यक्तिगत उद्यमका लागि २ लाख र सामुदायिक साझेदारी उद्यमका लागि ५ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको हो।
गाउँपालिकाभित्रका बेरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्केका युवा, महिला, दलित, जनजाति तथा विपन्न वर्गलाई उद्यमशीलतामार्फत स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत टँसी शेर्पाले जानकारी दिनुभएको छ। स्थानीय सीप, स्रोत र प्रविधिको अधिकतम उपयोग गरी उद्यम विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागी हुन इच्छुकले मङ्सिर २५ गतेभित्र गाउँपालिकाको रोजगार शाखामा सम्पर्क गर्नुपर्नेछ। गाउँ कार्यपालिकाको कार्यालयबाट प्रस्ताव छनोट गरी व्यक्तिगत उद्यमतर्फ २ लाख रुपैयाँसम्म र सामुदायिक साझेदारी उद्यमतर्फ ५ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
कार्यक्रमअन्तर्गत कृषि तथा पशुपालनमा आधारित उद्यमलाई प्राथमिकता दिइएको छ। यसमा अर्गानिक खेती, अलैँची तथा अदुवा प्रशोधन, च्याउ खेती, पशुपन्छीपालन, माछापालन, मौरीपालन, जडीबुटी खेती तथा स्थानीय उत्पादनबाट जुस र क्यान्डी निर्माण एवं प्रशोधनलगायतका उद्यम समेटिएका छन्।
त्यस्तै, पर्यटनतर्फ होमस्टे, स्थानीय हस्तकला तथा सांस्कृतिक पर्यटनसँग सम्बन्धित उद्यमलाई प्राथमिकता दिइनेछ। सूचना प्रविधि तथा डिजिटल सेवाअन्तर्गत डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन र स्थानीय उत्पादनको अनलाइन बजारीकरणलाई प्रोत्साहन गरिने गाउँपालिकाले जनाएको छ।
उत्पादनमूलक क्षेत्रतर्फ बाँस, निगालो तथा अल्लोबाट हस्तकला निर्माण, खाद्य प्रशोधन र डेरी उद्योगलाई प्राथमिकतामा राखिएको छ। यसैगरी, सेवामूलक क्षेत्रअन्तर्गत मर्मतसम्भार केन्द्र, कृषि प्रविधि सेवा, नवीकरणीय ऊर्जा जडान तथा पशु प्राविधिक सेवालाई समेटिएको छ।
कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति मैवाखोला गाउँपालिकाभित्रकै नागरिक हुनुपर्नेछ। साथै, अन्य निकायबाट सोही प्रकृतिको अनुदान नलिएको, व्यवसाय दर्ता गर्न इच्छुक वा दर्ता भइसकेको व्यक्तिगत फर्म अथवा साझेदारी उद्यमी समूह हुनुपर्ने सर्त राखिएको छ।
गाउँपालिकालाई बुझाउनुपर्ने कर बक्यौता नभएको हुनुपर्ने र एक घरबाट एक जनालाई मात्र कार्यक्रममा प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
पार्टीका कार्यकर्ता मात्रै राखिएको आरोप लगाउनेहरूले नै धेरै योजना गरेका छन् : कार्यकारी निर्देशक हाङबाङ
रेडियो ताप्लेजुङ मंसिर ९ गते । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङबाङले समितिका योजनामा पार्टीका कार्यकर्ता मात्रै

चैतदेखि अवरुद्ध ताप्लेजुङ ओलाङचुङगोलामा मङ्गलबार साना सवारी पुगे
मंसिर ८, २०८३ ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा सडक मर्मतपछि मङ्गलबार ९आज० देखि सवारी साधन पुगेका छन् । प्रमुख जिल्ला अधिकारी उमेश

सिद्धकाली मावि दोखुलाई ८थान ल्यापटप सहयोग
रेडियो ताप्लेजुङ मङ्सिर ८गते ।ट्रेकिङ एजेन्सी कम्पनी 'प्राइम हिमालयन प्राली 'ले ताप्लेजुङ सदरमुकामस्थित सिद्धकाली मावि दोखुलाई आठ थान ल्यापटप


..jpeg)

..jpeg)

..jpeg)
..jpeg)

प्रतिकृया दिनुहोस