चैतदेखि अवरुद्ध ताप्लेजुङ ओलाङचुङगोलामा मङ्गलबार साना सवारी पुगे

मंसिर ८, २०८३
ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा सडक मर्मतपछि मङ्गलबार ९आज० देखि सवारी साधन पुगेका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल नेतृत्वको सुरक्षा अधिकारीको टोली दुईवटा सवारी साधन लिएर ओलाङचुङगोला पुगेका छन् ।
योसँगै एउटा भाडाको गाडीपनि पुगेको फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले बताएका छन् ।
‘गाउँदेखि २० मिनेट तल देउरालीसम्म चाँहि हामी आएको सवारी पुग्यो । त्यहाँ सडकको ग्रेड नमिलेकाले उकालो चढ्न सकेन,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘स्काइभेटरबाट सडक मर्मतपछि सवारी बस्तीमा पुग्ने भएको छ ।’
सडक कार्यालय र हाइड्रो पावरको स्काभेटर समेतगरी तीनवटा मेसिन लगाएर सडक मर्मत गरिएको प्रजिअ दाहालले बताए ।
वडाध्यक्ष शेर्पा लामाका अनुसार बस्तीदेखि तीन घण्टाको पैदल दूरीमा रहेको जोङ्गीनसम्म दुई साता अघिनै सवारी पुगेका थिए ।
बर्खाको भेलबाढी र ठाडा खोलामा पानीको बहावका कारण गत चैत महिनादेखि फक्ताङलुङ ६ लेलेपको इलाडाँडा देखिको सडक अवरुद्ध भएको थियो ।
यहाँबाट ओलाङचुङगोलाको वस्तिसम्म हिँडेर पुग्न झण्डै एकदिन पैदल हिँड्नु पर्छ ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली हाइड्रोपावरको दुईवटा पिकअप गाडी लिएर ओलाङचुङगोला गएका छन । एउटा भाडाको ट्याक्सी पुर्याइएको छ ।
उता, लगातार घमाइलो भइरहँदा नेपालचीन सिमाना टिपताला भन्ज्याङको चीन तर्फको सडकको हिउँपनि पन्साउन सुरु भएको सूचना प्राप्त भएको वडाध्यक्ष शेर्पाले बताए ।
चीनको डिङजे काउण्टीले रिउ तर्फको सडकको हिउँ पन्साउन थालेको हो ।
चीनको रीउमा आफन्त भेट्न गएका याङमामा दुई पुरुष र ५ महिलागरी ७ जना रिउमा रोकिएका छन् ।

मैवाखोलाले उद्यमीलाई ५ लाख रुपैयाँसम्म अनुदान दिने
रेडियो ताप्लेजुङ मङ्सिर ९ गते । मैवाखोला गाउँपालिकाले पालिकाभित्र उद्यम गर्न चाहने व्यक्तिलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने भएको
..jpeg)
पार्टीका कार्यकर्ता मात्रै राखिएको आरोप लगाउनेहरूले नै धेरै योजना गरेका छन् : कार्यकारी निर्देशक हाङबाङ
रेडियो ताप्लेजुङ मंसिर ९ गते । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङबाङले समितिका योजनामा पार्टीका कार्यकर्ता मात्रै
..jpeg)
भूकम्पबाट ताप्लेजुङको एउटा विद्यालयमा क्षति
ताप्लेजुङ — मंगलबार बिहान गएको भूकम्पबाट फुङलिङ नगरपालिका–९ हाङ्देवामा एउटा विद्यालयमा क्षति पुगेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी यादव


..jpeg)

..jpeg)

..jpeg)
..jpeg)

प्रतिकृया दिनुहोस