ताजा खबर

भूकम्पबाट ताप्लेजुङको एउटा विद्यालयमा क्षति

SITENAME

ताप्लेजुङ — मंगलबार बिहान गएको भूकम्पबाट फुङलिङ नगरपालिका–९ हाङ्देवामा एउटा विद्यालयमा क्षति पुगेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार फुङलिङ नगरपालिका–९ हाङ्देवा बुङकुलुङमा रहेको दुर्गा आधारभूत विद्यालयको भवन चर्किएको हो । 

जिल्लाका अन्य स्थानमा भने मंगलबार बेलुकासम्म क्षतिको कुनै विवरण नआएको भट्टराईले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक निमा शेर्पाका अनुसार पहिला विद्यालय भवन सामान्य चर्किएको हो कि जस्तो थियो । मंगलबार बिहानको भूकम्पले भने चिराचिरा परेको छ ।

मंगलबार बिहान ७:१५ बजे ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्र भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका नागरिकले महसुस गरेका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

मैवाखोलाले उद्यमीलाई ५ लाख रुपैयाँसम्म अनुदान दिने

रेडियो ताप्लेजुङ मङ्सिर ९ गते । मैवाखोला गाउँपालिकाले पालिकाभित्र उद्यम गर्न चाहने व्यक्तिलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने भएको

SITENAME

पार्टीका कार्यकर्ता मात्रै राखिएको आरोप लगाउनेहरूले नै धेरै योजना गरेका छन् : कार्यकारी निर्देशक हाङबाङ

रेडियो ताप्लेजुङ मंसिर ९ गते । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङबाङले समितिका योजनामा पार्टीका कार्यकर्ता मात्रै

SITENAME

चैतदेखि अवरुद्ध ताप्लेजुङ ओलाङचुङगोलामा मङ्गलबार साना सवारी पुगे

मंसिर ८, २०८३ ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा सडक मर्मतपछि मङ्गलबार ९आज० देखि सवारी साधन पुगेका छन् । प्रमुख जिल्ला अधिकारी उमेश