सिद्धकाली मावि दोखुलाई ८थान ल्यापटप सहयोग

रेडियो ताप्लेजुङ
मङ्सिर ८गते ।ट्रेकिङ एजेन्सी कम्पनी 'प्राइम हिमालयन प्राली 'ले ताप्लेजुङ सदरमुकामस्थित सिद्धकाली मावि दोखुलाई आठ थान ल्यापटप प्रदान गरेको छ।
सोमबार विद्यालयमा एक कार्यक्रमका बीच कम्पनीका प्रबन्ध निर्देशक प्रकाश सिमखडा मार्फत ल्यापटप विद्यालयलाई हस्तान्तरण गरिएको हो। कम्प्युटर शिक्षामा सहजता होस् भन्ने उद्देश्यका साथ विद्यालयलाई ल्यापटप सहयोग गरिएको कम्पनीले जनाएको छ । पत्रकार महासङ्घका पूर्व अध्यक्ष मनमणि काफ्लेले विद्यालयलाई उक्त सामग्री उपलब्ध गराउन सहजीकरण गर्नुभएको थियो । "उक्त कम्पनीले विगतमा पनि विदेशी दातृ निकायहरूबाट सहयोग जुटाएर विभिन्न सामाजिक कार्य गर्दै आएको थियो,मैले पनि हाम्रो क्षेत्रको विद्यालयलाई सहयोग गरौँ भनेर प्रस्ताव गर्दा उहाँहरुले सहर्ष स्वीकार्नुभयो ,त्यसको लागि आभार व्यक्त गर्दछु। " काफ्लेले भन्नुभयो ।
सूचना र प्रविधिको महत्वलाई जोड दिँदै विद्यालयलाई ल्यापटप उपलब्ध गराइदिएकोमा विद्यालय परिवारले कृतज्ञता प्रकट गरेको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पृथ्वीमान पालुङवा,निमित्त प्रधानाध्यापक नवराज आचार्य, अभिभावक,शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो।
..jpeg)
क्षेत्र विकास समितिको खर्च विवरण २४ घण्टाभित्र सार्वजनिक गर्न जेन्जी काउन्सिलको चुनौती
रेडियो ताप्लेजुङ मङ्सिर ७ गते ।‘द काउन्सिल अफ जेन्जी ताप्लेजुङ’ले पाथीभरा क्षेत्र विकास समितिलाई २४ घण्टाभित्र खर्चको विवरण सार्वजनिक गर्न

टिपतलामा भारी हिमपातले रिउमै रोकिए आफन्त भेट्न गएका नेपाली
रेडियो ताप्लेजुङ मङ्सिर ७ गते । नेपाल–चीनको सिमावर्ती क्षेत्र टिपताला भन्ज्याङको हिउँ पन्छाउन नसक्दा चीनको डिङजे काउन्टी पुगेका ७ जना नेपाली
..jpeg)
फुङ्लिङबाट खैरो हिरोइनसहित एक किशोर पक्राउ
रेडियो ताप्लेजुङ मंसिर ४ गते ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक किशोर पक्राउ परेका छन्। जिल्ला


..jpeg)
..jpeg)

..jpeg)

..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस