ताजा खबर

क्षेत्र विकास समितिको खर्च विवरण २४ घण्टाभित्र सार्वजनिक गर्न जेन्जी काउन्सिलको चुनौती

SITENAME

रेडियो ताप्लेजुङ

मङ्सिर ७ गते ।‘द काउन्सिल अफ जेन्जी ताप्लेजुङ’ले पाथीभरा क्षेत्र विकास समितिलाई २४ घण्टाभित्र खर्चको विवरण सार्वजनिक गर्न चुनौती दिएको छ।

सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै काउन्सिलले समितिमा भएको भनिएको अनियमितताबारे उठेका प्रश्नको जवाफ पारदर्शी रूपमा दिन माग गरेको हो।

केही समयअघि सामाजिक सञ्जालमा क्षेत्र विकास समितिमा चरम बेथिति रहेको भन्दै सार्वजनिक भएको पोस्टको जिम्मेवारी आफूले लिने बताउँदै काउन्सिलले उक्त माग गरेको हो । 

काउन्सिलका संयोजक गोपाल गुरागाईंले प्रश्न उठाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै समितिले गल्ती नै नगरेको भाष्य सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो। उहाँले खर्चको विवरण सार्वजनिक गर्न, निष्पक्ष छानबिनका लागि सम्पूर्ण पदाधिकारीले राजीनामा दिएर कानुनी निकायलाई सहयोग गर्नसमेत माग गर्नुभयो। माग पूरा नभए आफ्नो आवाज निरन्तर उठिरहने उहाँको भनाइ छ।

काउन्सिलले क्षेत्र विकास समितिमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्रसमेत बुझाएको छ।

संयोजक गुरागाईंले उठेका प्रश्नलाई मिथ्या आरोप भन्दै पन्छाउन खोजिए सहेर नबस्ने चेतावनी दिनुभयो। काउन्सिलका प्रतिनिधि सागर लामगादेले पाथीभराबाट सङ्कलित सुनचाँदी रिफाइन गर्ने क्रममा प्रहरीको रोहबरसमेत नरहेको दाबी गर्दै यसबारे खबरदारी गर्दा पनि बेवास्ता गरिएको आरोप लगाउनुभयो।

यसअघि क्षेत्र विकास समितिले सामाजिक सञ्जालमा सार्वजनिक भएको पोस्टप्रति आपत्ति जनाउँदै त्यसलाई मिथ्या र गलत प्रचारको संज्ञा दिइसकेको छ। समितिले प्रमाणसहित आएर आफ्ना कुरा स्पष्ट पार्न आग्रह गर्दै अन्यथा कानुनी प्रक्रियामा जान सक्ने चेतावनीसमेत दिएको थियो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

घरेलु ताप्लेजुङले सार्वजनिक गर्‍यो सम्मानित हुने उद्यमीको नाम

रेडियो ताप्लेजुङ मङ्सिर ७ गते ।घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले १२औँ उद्योग दिवसका अवसरमा सम्मानित हुने पाँच जना उद्यमीको नाम

SITENAME

मैवाखोलाले मापदण्ड पुगेका नागरिकको स्वास्थ्य बीमा प्रिमियम तिरिदिने

रेडियो ताप्लेजुङ मङ्सिर ७ गते ।ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मापदण्ड पुगेका नागरिकको स्वास्थ्य बीमा प्रिमियम रकम भुक्तानी गरिदिने भएको

SITENAME

टिपतलामा भारी हिमपातले रिउमै रोकिए आफन्त भेट्न गएका नेपाली

रेडियो ताप्लेजुङ मङ्सिर ७ गते । नेपाल–चीनको सिमावर्ती क्षेत्र टिपताला भन्ज्याङको हिउँ पन्छाउन नसक्दा चीनको डिङजे काउन्टी पुगेका ७ जना नेपाली