ताजा खबर

घरेलु ताप्लेजुङले सार्वजनिक गर्‍यो सम्मानित हुने उद्यमीको नाम

SITENAME

रेडियो ताप्लेजुङ

मङ्सिर ७ गते ।घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले १२औँ उद्योग दिवसका अवसरमा सम्मानित हुने पाँच जना उद्यमीको नाम सार्वजनिक गरेको छ। मङ्सिर ९ गते मनाइने उद्योग दिवसका अवसरमा जिल्लाका पाँच उद्यमीलाई सम्मान गर्न लागिएको हो।

प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङका अनुसार कृषि तथा पशुपालनसम्बन्धी चारवटा फर्म र एउटा फाइबर उद्योग सञ्चालन गरिरहेका उद्यमीलाई सम्मान गर्न लागिएको हो।

सम्मानित हुनेमा चार जना महिला र एक जना पुरुष रहेका छन्। कार्यालयका अनुसार पाथीभरा याङवरक गाउँपालिका ४ मा रूमदाली कृषि तथा पशुपन्छी फर्म सञ्चालन गर्दै आउनुभएकी चन्द्रकला राई, फुङ्लिङ नगरपालिका ३ मा सुषमा बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म सञ्चालन गर्दै आउनुभएकी सीता भट्टराई र सोही वडामा मनिषा बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म सञ्चालन गर्दै आउनुभएका मेदनीप्रसाद न्यौपाने सम्मानित हुनुहुनेछ।

त्यस्तै, फुङ्लिङ नगरपालिका ६ मा दाहाल कृषि अलैँची फर्म सञ्चालन गर्दै आउनुभएकी लीलादेवी दाहाल र फुङ्लिङ नगरपालिका २ मा चन्दन फाइबर उद्योग सञ्चालन गर्दै आउनुभएकी माया गुरुङलाई पनि सम्मान गरिने भएको छ।

कार्यालयले सम्मानित हुने उद्यमीहरूलाई मङ्सिर ९ गते बिहान ११ बजे कार्यालयको सभाहलमा उपस्थित हुन आग्रह गरेको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

क्षेत्र विकास समितिको खर्च विवरण २४ घण्टाभित्र सार्वजनिक गर्न जेन्जी काउन्सिलको चुनौती

रेडियो ताप्लेजुङ मङ्सिर ७ गते ।‘द काउन्सिल अफ जेन्जी ताप्लेजुङ’ले पाथीभरा क्षेत्र विकास समितिलाई २४ घण्टाभित्र खर्चको विवरण सार्वजनिक गर्न

SITENAME

मैवाखोलाले मापदण्ड पुगेका नागरिकको स्वास्थ्य बीमा प्रिमियम तिरिदिने

रेडियो ताप्लेजुङ मङ्सिर ७ गते ।ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मापदण्ड पुगेका नागरिकको स्वास्थ्य बीमा प्रिमियम रकम भुक्तानी गरिदिने भएको

SITENAME

टिपतलामा भारी हिमपातले रिउमै रोकिए आफन्त भेट्न गएका नेपाली

रेडियो ताप्लेजुङ मङ्सिर ७ गते । नेपाल–चीनको सिमावर्ती क्षेत्र टिपताला भन्ज्याङको हिउँ पन्छाउन नसक्दा चीनको डिङजे काउन्टी पुगेका ७ जना नेपाली