मैवाखोलाले मापदण्ड पुगेका नागरिकको स्वास्थ्य बीमा प्रिमियम तिरिदिने

रेडियो ताप्लेजुङ
मङ्सिर ७ गते ।ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मापदण्ड पुगेका नागरिकको स्वास्थ्य बीमा प्रिमियम रकम भुक्तानी गरिदिने भएको छ।
पालिकाले ‘अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि, २०८३’ अनुसार विपन्न नागरिक तथा परिवार, स्वास्थ्य बीमा ऐन तथा नियमावलीबाट पूर्ण रूपमा समेटिन नसकेका अपाङ्गता भएका व्यक्ति, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, भूमिहीन विपन्न नागरिक र एकल महिलाको स्वास्थ्य बीमा प्रिमियम तिरिदिने भएको हो।
प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार यसका लागि मापदण्ड पुगेका नागरिकले मङ्सिर १८ गतेभित्र पालिकामा निवेदन पेस गर्नुपर्नेछ।
तर, स्वास्थ्य बीमा ऐन, २०७४ तथा स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार नेपाल सरकार, प्रदेश सरकार वा अन्य निकायबाट शतप्रतिशत प्रिमियम भुक्तानी पाउने सुविधा लिइरहेका व्यक्ति वा परिवारले भने यो सुविधा पाउने छैनन्। दोहोरो सुविधा नहोस् भन्ने उद्देश्यले त्यस्ता व्यक्ति वा परिवारलाई प्रिमियम भुक्तानी नगरिने पालिकाले जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन विपन्न नागरिकले आफ्नो आर्थिक अवस्था खुल्ने प्रमाणपत्र वा वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले आफ्नो परिवारको नाममा नेपालभर कतै पनि जग्गा नभएको स्वघोषणा फाराम भर्नुपर्नेछ। उक्त फाराम पालिकाको कार्यालयबाटै उपलब्ध हुनेछ।
त्यस्तै, अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्रको प्रतिलिपि र एकल महिलाले एकल महिला भएको प्रमाण वा वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ।
निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस र उपलब्ध भएमा स्वास्थ्य बीमा परिचयपत्र वा बीमा नम्बरसमेत पेस गर्न पालिकाले आग्रह गरेको छ। साथै, लाभग्राहीले परिवारका सदस्यहरूको विवरणसमेत खुलाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत शेर्पाले जानकारी दिनुभयो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
फुङ्लिङमा सञ्चालित निःशुल्क आँखा शिविरको पहिलो दिन ६८ जनाको आँखाको शल्यक्रिया
रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।विश्वप्रख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतहितको टोलीद्वारा आजदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा
..jpeg)
ताप्लेजुङका तीन पालिकामा एआई डिजिटल एक्सरे प्रविधिबाट क्षयरोग परीक्षण शिविर हुँदै
रेडियो ताप्लेजुङ कार्तिक ३० गते ।जिल्लाको फुङ्लिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र मेरिङदेन गाउँपालिकाले क्षयरोग पहिचान तथा निवारणसम्बन्धी

रचनात्मक कार्य गर्दै ताप्लेजुङमा तरुण दलले मनायो स्थापना दिवस
रेडियो ताप्लेजुङ कार्तिक १० गते । नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल

..jpeg)
..jpeg)


..jpeg)

..jpeg)

प्रतिकृया दिनुहोस