टिपतलामा भारी हिमपातले रिउमै रोकिए आफन्त भेट्न गएका नेपाली

रेडियो ताप्लेजुङ
मङ्सिर ७ गते । नेपाल–चीनको सिमावर्ती क्षेत्र टिपताला भन्ज्याङको हिउँ पन्छाउन नसक्दा चीनको डिङजे काउन्टी पुगेका ७ जना नेपाली फर्कन पाएका छैनन् ।
चीनले एक्स्काभेटर मेसिनलगायतको प्रविधिबाट कतिपय स्थानको हिउँ पन्छाए पनि सीमा क्षेत्रकै हिउँ भने पन्छाएको छैन । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार नेपालतर्फको हिउँ पन्छाउन मेसिन छैन । उपकरण बिना यो क्षेत्रको हिउँ हटाएर बाटो खुलाउने सम्भावना पनि कम भएको उनले बताए । ‘हिउँले बाटो बन्द भएपछि हाम्रा ७ जना उतै रिउँतिरै बसिरहेका छन्,’ छेतेनले भने, ‘पछिल्ला दिनमा मज्जाले घाम लागेकाले हिउँ कम होला र फर्काउन सकिएला भन्ने लागेको छ ।’
वडा कार्यालयका अनुसार ल्हामु शेर्पा, लोप्साङ शेर्पासहित ५ महिला र २ पुरुष रिउमा छन् । उनीहरु याङमाका हुन् । कात्तिक ९ मा उनीहरु आफन्त भेट्न रिउ गएका थिए। त्यहाँ पुगे लगत्तैदेखि हिउँ पर्न थालेको हो । कात्तिक अन्तिम साता हिमपात बढेपछि बाटो संचालनमा ल्याउनै कठिन भएको छेतेनले बताए ।
सामानयतया चीन जाँदा एक साताको समय लिएर जाने गरिएको छ । तर उनीहरु त्यहाँ पुगेपछि परेको हिउँ छिचोल्न सक्ने अवस्था नभएकाले उतै रोकिएका छन् । ‘रिउमा आफन्त छन् त्यतै बसेका छन्,’ छेतेनले भने, ‘बस्ने सुविधा त्यहाँको सरकारले निःशुल्क दिएको छ ।’
..jpeg)
क्षेत्र विकास समितिको खर्च विवरण २४ घण्टाभित्र सार्वजनिक गर्न जेन्जी काउन्सिलको चुनौती
रेडियो ताप्लेजुङ मङ्सिर ७ गते ।‘द काउन्सिल अफ जेन्जी ताप्लेजुङ’ले पाथीभरा क्षेत्र विकास समितिलाई २४ घण्टाभित्र खर्चको विवरण सार्वजनिक गर्न
..jpeg)
फुङ्लिङबाट खैरो हिरोइनसहित एक किशोर पक्राउ
रेडियो ताप्लेजुङ मंसिर ४ गते ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक किशोर पक्राउ परेका छन्। जिल्ला
..jpeg)
मिक्वाखोलाका तीनवटा वडामा आलु पकेट कार्यक्रम सञ्चालन हुने
रेडियो ताप्लेजुङ मंसिर ४ गते ।जिल्लाको मिक्वाखोला गाउँपालिकाले तीनवटा वडामा आलु पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ। कोशी प्रदेशको उद्योग, कृषि

..jpeg)
..jpeg)


..jpeg)

..jpeg)

प्रतिकृया दिनुहोस