ताजा खबर

प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि निलगिरी मावि मेहलेद्वारा महायज्ञको आयोजना

SITENAME

रेडियो ताप्लेजुङ

मङ्सिर ५ गते ।सिदिङ्वा गाउँपालिका ६ मेहलेमा अवस्थित निलगिरी माध्यमिक विद्यालयमा प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ।

विद्यालयका प्रधानाध्यापक मोहनचन्द्र साँवाका अनुसार मङ्सिर २३ देखि २९ गतेसम्म धार्मिक महोत्सवका रूपमा सप्ताहव्यापी ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको हो।

बढ्दो बसाइँसराइ र सामुदायिक विद्यालयप्रति अभिभावकहरूको नैराश्यतालाई मध्यनजर गर्दै प्रविधिमैत्री र गुणस्तरीय शिक्षामा जोड दिन महायज्ञ सञ्चालन गर्न लागिएको साँवाले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभएको छ।

“दुर्गम क्षेत्रमा बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या दिनानुदिन कम हुँदै गइरहेको छ। गाउँमै गुणस्तरीय र प्रविधिमैत्री शिक्षा उपलब्ध गराउन सके सामुदायिक विद्यालयप्रतिको आकर्षणमा वृद्धि गर्दै बसाइँसराइ रोक्न सकिन्छ भनेर हामीले महायज्ञ आयोजना गरेका हौँ,” उहाँले भन्नुभयो।

उक्त महायज्ञमा पण्डित रमेश कोइरालाको मुखारविन्दबाट पाठपारायण हुने विद्यालयले जनाएको छ।

२०१३ सालमा स्थापना भएको निलगिरी माध्यमिक विद्यालयमा हाल कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि निलगिरी मावि मेहलेद्वारा महायज्ञको आयोजना

रेडियो ताप्लेजुङ   मङ्सिर ५ गते ।सिदिङ्वा गाउँपालिका ६ मेहलेमा अवस्थित निलगिरी माध्यमिक विद्यालयमा प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि

SITENAME

फुङ्लिङमा सञ्चालित निःशुल्क आँखा शिविरको पहिलो दिन ६८ जनाको आँखाको शल्यक्रिया

रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।विश्वप्रख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतहितको टोलीद्वारा आजदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा

SITENAME

साँवामा जारी फुटबल प्रतियोगिताको उपाधिका लागि धरान र फेदाप भिड्ने

रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवास्थित तेम्बामा आयोजित फङ्फङ्देन झरना पर्यटन महोत्सवअन्तर्गत जारी फुटबल