चालु आबको हालसम्मको अवधिमा ताप्लेजुङमा ८६ थान राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्याइयो
..jpeg)
रेडियो ताप्लेजुङ
मंसिर ३ गते ।चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्मको अवधिमा ताप्लेजुङमा ८६ थान राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्याइएको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार उक्त अवधिमा कार्यालयबाट वितरण गरिएका राहदानीको सङ्ख्या भने ४५४ रहेको छ।
कार्तिक महिनामा हुलाकमार्फत राहदानी बुझ्ने सेवाग्राहीको सङ्ख्या १९ रहेको छ भने कार्यालयबाट उक्त महिनामा ७० थान राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो।
मासिक रूपमा कामको विवरण सार्वजनिक गर्दै प्रशासनले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा वंशजका आधारमा ८५६ थान नागरिकता वितरण गरिएको जनाएको छ। कार्तिक महिनामा यस किसिमको नागरिकता १८६ जनाले प्राप्त गरेका छन्।
त्यस्तै, प्रशासनका अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा पाँच थान वैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको छ। गैरआवासीय नेपाली नागरिकता भने कार्तिक महिनामा एक थान वितरण गरिएको कार्यालयले जनाएको छ।
उल्लेखित अवधिमा राहदानीका ११२ वटा अनलाइन फाराम कार्यालय परिसरभित्र निःशुल्क भरिएको छ। त्यस्तै, कार्यालय परिसरमै रहेको सहायता कक्षबाट दैनिक रूपमा प्रयोग हुने निवेदन तथा आवश्यक कागजातका २५० प्रति फोटोकपी निःशुल्क उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

कोशी प्रदेश छनोटमा ताप्लेजुङको अर्को सफलता : उसुमा स्वर्ण पदक
किरण गदाइली ताप्लेजुङ,मङ्सिर ३ गते।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा ताप्लेजुङले उसुतर्फ समेत स्वर्ण पदक जितेको
..jpeg)
वृद्धाको घाँटीबाट सुनको सिक्री चोरी गर्ने पुरुष ताप्लेजुङ प्रहरीको नियन्त्रणमा
रेडियो ताप्लेजुङ मंसिर ३ गते ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ९० वर्षीया वृद्धाको घाँटीबाट सुनको सिक्री लुछेर चोरी गरेको अभियोगमा एक
..jpeg)
खोक्लिङलाई हान्यो कुम्मायकले ७ गोल,झापाको पोस्टमा फेदापको ६ गोल
किरण गदाइली ताप्लेजुङ, मंसिर २ गते । फङ्फङ्देन झरना पर्यटन महोत्सवको अवसरमा जारी फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन्। आज भएका खेलमा


..jpeg)
..jpeg)
..jpeg)
..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस