कोशी प्रदेश छनोटमा ताप्लेजुङको अर्को सफलता : उसुमा स्वर्ण पदक

किरण गदाइली
ताप्लेजुङ,मङ्सिर ३ गते।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा ताप्लेजुङले उसुतर्फ समेत स्वर्ण पदक जितेको छ।
झापाको बिर्तामोडमा बिहीबार सम्पन्न थाउलो विधाको 'ताइची 'अन्तर्गत ताप्लेजुङ मैवाखोला गाउँपालिका दुईका सौरभ विकले स्वर्ण पदक जितेका हुन् ।
अब विकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने उक्त विधाको खेलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्नेछन्।
प्रदेश छनोट अन्तर्गत ताप्लेजुङले पाएको यो दोस्रो सफलता हो यस अघि ब्याडमिन्टनतर्फ ताप्लेजुङकै भावना केदेम प्रदेशकै उत्कृष्ट भएकी छन् ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलका अनुसार प्रदेश राजधानी विराटनगर सहितका क्षेत्रमा विभिन्न विधामा भइरहेका खेलहरूमा ताप्लेजुङका खेलाडीहरूले सहभागिता जनाउने क्रम जारी छ।
हाल विभिन्न खेलका लागि जिल्लाबाट खेलाडीहरूलाई उक्त स्थानतर्फ पठाइरहेको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले जनाएको छ।
..jpeg)
वृद्धाको घाँटीबाट सुनको सिक्री चोरी गर्ने पुरुष ताप्लेजुङ प्रहरीको नियन्त्रणमा
रेडियो ताप्लेजुङ मंसिर ३ गते ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ९० वर्षीया वृद्धाको घाँटीबाट सुनको सिक्री लुछेर चोरी गरेको अभियोगमा एक
..jpeg)
खोक्लिङलाई हान्यो कुम्मायकले ७ गोल,झापाको पोस्टमा फेदापको ६ गोल
किरण गदाइली ताप्लेजुङ, मंसिर २ गते । फङ्फङ्देन झरना पर्यटन महोत्सवको अवसरमा जारी फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन्। आज भएका खेलमा
..jpeg)
चालु आबको हालसम्मको अवधिमा ताप्लेजुङमा ८६ थान राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्याइयो
रेडियो ताप्लेजुङ मंसिर ३ गते ।चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्मको अवधिमा ताप्लेजुङमा ८६ थान राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्याइएको


..jpeg)
..jpeg)
..jpeg)
..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस