ताप्लेजुङकी भावना बनिन् ब्याडमिन्टनमा कोशी प्रदेशको सर्वोत्कृष्ट खेलाडी

मंसिर ३, २०८३
ताप्लेजुङ – फुङलिङ नगरपालिका २ शिक्षा लाइनकी भावना केदेम लिम्बू ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशको सर्वोत्कृष्ट खेलाडी बनेकी छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि भएको कोशी प्रदेश स्तरीय महिला तर्फको छनौटमा सुनसरीकी सविज्ञा दाहाललाई पराजित गर्दै भावनाले स्वर्ण पदक जितेकी हुन् ।
कोशी प्रदेश ब्याडमिन्टन छनोट प्रतियोगिताका संयोजक भोगेन्द्र थापाका अनुसार महिलातर्फ प्रथम बनेकी भावना, द्वितीय बनेकी सविज्ञाका साथै झापाकी अञ्जना राई, उदयपुरकी रोजी राई, इलामकी निसाम हाङमा सुब्बा र भोजपुरकी नन्सल तामाङ दशौं राष्ट्रिय खेलकुदकालागि छनोट भएका छन् ।
नन्सल तामाङ भने एनबीए वरीयता नम्बर २ मा रहेकाले सीधै प्रतियोगिताका लागि छनोट गरिएको उल्लेख छ ।
पुरुषतर्फ सहभागी ताप्लेजुङका मिलिन गुरुङ आठौँ मात्रै भए र राष्ट्रिय प्रतियोगिताकालागि छनौट हुन सकेनन् । जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सुरेश सिंघकका अनुसार नवौँ राष्ट्रिय खेलकुदमा मिलिन र दीपिन गुरुङ सहभागी भएका थिए ।
पुरुष तर्फ मोरङका प्रतीक बिष्ट सर्वोत्कृष्ट भए । प्रतीकले सुनसरीका संगम गिरीलाई पराजित गरे । प्रतीक, संगम सँगै सङ्खुवासभाक सुनील कार्की, उदयपुरका विनय चौधरी, मोरङका जोनसस राज, भोजपुरका सन्दीप राई र भोजपुरकै विशाल तामाङ पुरुष तर्फबाट छनोट भएको संयोजक थापाले जानकारी दिए ।
सुनसरीको इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ सात र महिलातर्फ छ गरी १३ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
ताप्लेजुङबाट प्रतियोगितामा महिला ५ र पुरूष ७ गरी १२ जना सहभागी थिए ।

ताप्लेजुङका बजार पसल मङ्सिर ४ गतेदेखि फेरि प्रत्येक शुक्रबार बन्द हुने
रेडियो ताप्लेजुङ मंसिर ३ गते । दशैं तिहार जस्ता चाडबाडका कारण शुक्रबार खुला रहेको ताप्लेजुङ सदरमुकाम फुङलिङका ब्यापार व्यवसाय शुक्रबारदेखि फेरी
..jpeg)
केवलकार खारेजीको माग बेवास्ता गरे कडा सङ्घर्ष गर्ने चेतावनी
किरण गदाइली मंसिर २ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरा (मुक्कुमलुङ)मा केवलकार निर्माण गर्न नहुने मत राख्दै आएका ‘मुक्कुमलुङ ताङसेःप चुम्बो’ र
..jpeg)
फङ्फङ्देन समग्र नेपालकै सम्पत्ति हो : पूर्वमन्त्री हाङगाम
रेडियो ताप्लेजुङ मंसिर २ गते । कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खगेनसिं हाङगामले चर्चित पर्यटकीय स्थल फुङ्फुङे (फङ्फङ्देन) झरना समग्र



..jpeg)
..jpeg)
..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस