ताजा खबर

२६ स्वर्ण र १८ रजत पदकसहित आठराई त्रिवेणी शिर्ष स्थानमा यथावत

RadioTaplajung


रेडियो ताप्लेजुङ । फागुन २ गते । 
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीस्थित महविर खेलमैदानमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी गाउँपालिकाले बुधबारसम्ममा २६ स्वर्ण जितेको छ । आयोजक समेत रहेको आठराई त्रिवेणी गाउँपालिकाले २६ स्वर्ण,१८ रजतसहित ४४ वटा पदकका साथ शिर्ष स्थानमा कायमै छ । दोश्रो स्थानको फुङलिङ नगरपालिका १७ स्वर्ण जितेको छ । ३ रजत र १ कास्य गरि नगरपालिकाले कुल २१ पदक जितेको छ । २ वटा स्वर्ण र १ रजतसहित ३ वटा पदक जितेको पाथीभरा याङ्वरक गाउँपालिका तेश्रो स्थानमा रहेको अफिसियल चिरञ्जीवी चोङवाङले जानकारी दिए । मिक्वाखोला गाउँपालिकाले १ स्वर्ण,२ रजत र १ कास्यगरि ४ पदकसहित चौथो स्थानमा छ । मेरिङ्देन गाउँपालिकाले १ रजत र १ कास्यगरि २ वटा पदक जितेको छ । सिरीजङ्गा गाउँपालिकाले २ रजत र १ कास्य पदक हात पारेको छ । मैवाखोला गाउँपालिकाले १ रजत र १ कास्यगरि २ वटा पदक जितेको छ । फक्ताङलुङ गाउँपालिकाले १ कास्य पदक प्राप्त गरेको छ ।  प्रतियोगीतामा उसु,तेक्वान्दो र कराँतेतर्फको खेल सकिएको अफिसियल चोङवाङले बताए । बुधबार दिउँसो ४ बजेसम्म २६ स्वर्ण,२८ रजत र १० कास्य गरि ८४ वटा पदकको छिनोफानो भएको छ । प्रतियोगीतामा ६६ वटा स्वर्ण पदक रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमूख यज्ञनीधि पौडेलले बताए । प्रतियोगीताको संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फेले मंगलबार उद्घाटन गरेका थिए । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू ९दीपेन० ले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने थलो भएकाले पालिकाले आयोजना गरेको बताए । अध्यक्ष पोमूले भने,‘सबै स्थानिय तहबाट छनौट भएका खेलाडीबिच प्रतिस्पर्धा हुन्छ । त्यही भएर भविष्यमा राष्ट्रको प्रतिनिधित्व गर्नेगरि खेलाडी तयार हुन सक्छ ।’ जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार लिम्बु ९गणेश० ले आफ्नो कार्यकालमा प्रत्येक स्थानिय तहमा खेल आयोजना गर्नेगरि समन्वय गर्ने बताए । ‘यो प्रतियोगीता खेलाडी उत्पादन गर्ने कारखाना नै हो ।’,अध्यक्ष माबोले थपे,‘आशा गरौ । यहाँ उत्पादित खेलाडीले राष्ट्रको जर्सी लगाएको हेर्ने दिन टाढा छैन् ।’ प्रतियोगीता फागुन ४ गतेसम्म संञ्चालन हुँदैछ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा