ताजा खबर

संवाद र छलफल कायम गर्दै पाथीभरामा केबलकार निर्माण सुरु गर्ने 

RadioTaplajung


रेडियो ताप्लेजुङ । माघ २९ गते । 
संवाद र छलफललाई कायम राख्दै ताप्लेजुङमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरामा केवलकार निर्माण प्रकृया अघि वढ्ने भएको छ । जिल्ला समन्वय समितिको हलमा सोमवार भएको सर्वदलीय, सर्वपक्षीय छलफल निष्कर्षविहिन भएपछि कम्पनी काम अघि वढाउने मनस्थितिमा पुगेको हो । पाथीभरा ९मुक्कुमलुङ० केवलकार प्रा।लि।का प्रतिनिधि रुद्रराज पौडेलले भने–‘जिल्ला समन्वय समिति प्रमुख,फुङलिङ नगरपालिका प्रमुख लगायतको उपस्थितिमा छलफल भयो । सवैले आ–आफ्नो कुरा राखे । अब हामी छलफल पनि जारी राख्छौं । कामपनि वढाउछौं । उहा“हरुवाट पनि त्यही सल्लाह पाएका छौ ।’
केवलकार खारेजी संघर्ष समिति सहितका ६ राजनीतिक दलले केबलकार कम्पनीसँग हिंसा ननिम्त्याउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्वूवान क्रान्तिकारी, लिम्बूवान राष्ट्रिय मुक्ती मोर्चा र बैज्ञानीक समाजवादी पार्टीले सोमबार नै पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेका हुन । ‘काम अगाडि वढाएर सहजीकरण हुन सक्तैन,’ जसपाका सुर्य गुरुङ ९तमू० ले भने, ‘हाम्रो चाहना र कामना हिंसा नहोस भन्ने हो । निर्माण सुरु गरेर वार्ता गर्छु भन्नु उचित होइन ।’ उनीहरुले कुनै हालतमा निर्माण गर्न नदिने अडान लिएका छन । 
सर्वपक्षीय छलफलमा पनि ६ दलको तर्फवाट प्रकाशित बिज्ञप्ती पढेर सुनाएका थिए । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले आफु निर्बाचित हुनुभन्दा अगाडी नै नगरपालिकाले अनुमती दिएको स्मरण गराएका छन् । नगरप्रमूख मादेनले आफु निर्बाचित भएपछि मन्दिर क्षेत्रमा कुनै पनि संरचना नवनाउने गरी कागजात परिवर्तन गरी दोश्रो पटक अनुमती दिएको वताए । नवनाउन दवाव दिएका दलहरुले भने ७ लाख २० हजारमा खरिद गरेको जग्गा केवलकार प्रा।लि।लाई २९ करोड ८५ लाखमा विक्रि गरेर कम्पनीले अनियमितता गरेको र ब्यापारिक संस्थाको उक्साहटमा सरकारले पाथीभराको क्षेत्र विस्तार गरेको दावी गरेका छन । केवलकार प्रालिका प्रतिनिधि पौडेलले आफुहरुले पनि अर्कै  कम्पनिवाट लिएकाले विगतको विषयमा जानकार नभएको वताए । अहिले यस्को जिम्मा उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले लिएका छन । 
६ राजनीतिक दलले धार्मिक स्थलमा प्रहरी राखेर धार्मिक, सास्कृतिक झगडाको बिउ नरोप्नपनि आग्रह गरेका छन । विज्ञप्तिमा भनिएको छ,–‘कुनैपनि तिर्थयात्री स्थानीय जनता मुन्धुमका संरक्षकहरुले शान्ती सुरक्षाको माग नगरेको अवस्थामा मुन्धुमी स्थल समाप्त गर्ने प्रपञ्च स्वरुप सशस्त्र प्रहरी वेसक्याम्प राख्नु धार्मीक सास्कृतिक झगडाको विउ रोप्नु हो ।’ सरकारले केवलकार निर्माण गर्ने स्थान काफ्लेपाटीमा सशस्त्र प्रहरीको क्याम्प राख्ने तयारी  गरेको छ । कम्पनिले सम्पूर्ण कागजी प्रकृया पुरा भएको र निर्माणको चरणमा जाने समय भएको जनाएको छ । माथिल्लो फेदी देखि मन्दिर सम्मका रुख कटानको चरणमा पुगेको कम्पनिले जनाएको छ । रुख कटानको जिम्मा स्थानिय सामुदायिक वन उपभोक्ता समितिलाई दिएको छ । यसअघि रुख कटानको लागि गएको टोलीलाई छलफल गर्ने भन्दै स्थानीय प्रशासनले फर्काएको थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले