ताजा खबर

सर्वोच्चले बिदा खारेज गरे पनि फक्ताङलुङ गाउँपालिकाले दियो फागुन १ सार्वजनिक विदा 

RadioTaplajung


प्रिशा बस्नेत , माघ २९ गते ,
ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भोलि अर्थात् फागुन १ गते जनयुद्ध दिवसका दिन १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरिदिएको थियो भए पनि कतिपय गाउँपालिकाले सार्वजनिक विदा दिएका छन् । गाउँपालिका अध्यक्ष राजन लिम्बु मुक्ति द्वारा हस्ताक्षरित पत्रमा २०५२ साल फागुन १ गतेदे खि सञ्चालित महान जनयुद्धको स्मरण र सम्मान गर्दै गाउँपालिका अन्तर्गतका सबै कार्यालय हरू विद्यालयहरू र संघ संस्थाहरुका लागि सार्वजनिक विदा दिएको उल्लेख गरिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि फागुन १ गते कुनै पनि सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ ।  

यसैबीच भोलिबाट सुरु हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताका लागि गाउँपालिकाका विद्यार्थी आठराई त्रिवेणि  गाउँपालिका प्रस्थान गरेको गाउँपालिका अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले