ताजा खबर

जेलभित्रै जुवाखाल, नाइकेले लाखौं उठाउँनेगरेको खुलासा

RadioTaplajung

मंसिर १– कारागारकोे उद्देश्य कैदीबन्दीलाई सुधार्नु हो, ताकि जेल बसेर छुटेको व्यक्तिले फेरि अपराध नगरोस्। त्यसैले पनि कारागारलाई सुधारगृह भनिँदै आएको छ। तर बिडम्बना, कारागार सुधारगृह नभई आपराधिक थलो बन्न थालेको  तथ्य  प्राप्त भएको छ।

फुटबल, भलिबल, ब्याडमिन्टन खेल्न तथा पढ्न–लेख्न कारागारमै पाइन्छ। तर कारागारभित्र जुवातास खेल्न तथा मादक पदार्थ सेवन गर्न पाँइदैन।

समाजलाई पाच्य नहुने यस्ता गलत काम भने कारागारमा रहेका प्रहरी, कारागारका कर्मचारीकै सेटिङ र लापरबाहीमा हुँदै आएको तथ्य फेला परेको छ।

यसको ज्वलन्त उदाहरण हो, काठमाडौंबाट नजिकै रहेको सिन्धुपाल्चोक कारागार। जहाँका कैदीलाई तासजुवा खेल्न, रक्सी खान, मोबाइल बोक्न र पोर्ट खेल्न छुट छ।

जेलर यादव आचार्य हप्ताको एकपटक कारागार पुग्ने र ६ दिनको हाजिर गरेर हिँड्ने गरेका छन्। कारागारका नासु नवराज सेन र प्रहरीको सेटिङमा चौकीदार तथा नाइकेहरु मिलेर कारागारमा जुवातास खेलाएर लाखौं रुपैयाँ कमाएका छन्।

जुवा खेलाएर दसैंमा २ लाख असुली


अघिपछि फाट्टफुट्ट जुवातास चले पनि दसैंमा भने सिन्धुपाल्चोक कारागारमा क्यासिनोसरह नै जुवातास चलेको स्रोतले नेपाल लाइभलाई बतायो। तास खेलेको भिडियो समेत प्राप्त भएको छ । जुवातास खेलाउने कामको सम्पूर्ण जिम्मा भने चौकीदार गणेश लामिछाने र मुल नाइके भोला कार्कीले गरेका छन्।

सिन्धुपाल्चोकको साविकको भोटेचौर गाविस–४ का लामिछाने बलत्कार गरी हत्या गरेको आरोपमा जेल परेका व्यक्ति हुन्। भोजपुर घर भएका मुल नाइके कार्की ठगी र कीर्ते मुद्दामा जेल परेका व्यक्ति हुन्।

यी दुवैको सेटिङमा कारागारमा कारागार प्रशासन र प्रहरीलाई मिलाएर जुवातास चलेको स्रोतको भनाइ छ।

कैदीलाई जुवा खेलाउने र यसरी जुवातास खेलाएवापत कार्की र लामिछानेले रकम उठाउने गरेको स्रोतको भनाइ छ । दसैंमा मात्रै कार्की र लामिछाने खालवाला भएर दुई लाख रकम उठाएको कारागार स्रोतले जानकारी दियो।

चौकीदारमा प्रहरीकै निगरानीमा चामल, दाल, तरकारी लिन बाहिर जान छुट हुन्छ। त्यसरी बाहिर गएका उनीहरुले तास लिएर जाने र खेलाउने गरेको स्रोतले जानकारी दियो।

जुवातास खेलेर हारेपछि रकम तिर्न नसक्नेलाई ढोका थुनेर, झुम्का, वीरगञ्जका कारागारमा सरुवा गर्नेसम्मको धम्की चौकीदार र मुल नाइकेले दिने गरेका छन्।

कैदीका दुई/दुई वटा मोबाइल, दैनिक ५ सय आम्दानी

कारागारमा बस्ने कैदीले मोबाइल समेत बोक्न पाउँदैनन्। तर सिन्धुपाल्चोक कारागारका केही कैदीलाई भने यो पनि छुट छ। चौकीदार गणेश लामिछाने, मुल नाइके भोला कार्की र भारतीय कैदी सुनिल सिंहले कारागारभित्रै दुईरदुई वटा मोबाइल चलाउँदै आएका छन् ।

उनीहरुका यी मोबाइल व्यक्तिगत प्रयोगका लागि मात्रै होइन, आम्दानीको मुख्य स्रोत पनि बनेको छ। सिन्धुपाल्चोक कारागारका कैदीलाई मोबाइलबाट भिडियो च्याट गराइदिँदै पैसा असुल्ने गरेका छन्।

त्यस्तै कारागारले उपलब्ध गराएको टेलिफोनबाट समेत चौकीदार र नाइकेले प्रतिमिनेटको ५ रुपैयाँ असुल्दै आएको स्रोतले जानकारी दियो। यसरी उनीहरुले टेलिफोनबाट मात्रै दिनहुँ ५ सय रुपैयाँ आम्दानी गर्ने गरेको स्रोतले  जानकारी दियो।
मोबाइलबाटै उनीहरुले फेसबुक, ट्वीटर समेत चलाउने गरेका छन्। यसबारे कारागार मौन छ।समाचार स्रोत:NEPAL LIVE

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले