ताजा खबर

अलैंची सम्वन्धि आचार संहिता निर्माणको प्रकृया सुरु

RadioTaplajung

रेडियो ताप्लेजुङ/ताप्लेजुङमा अलैंची सम्वन्धि आचार संहिता निर्माणको प्रकृया सुरु भएको छ । नेपाल अलैंची ब्यवसायी महासंघ ताप्लेजुङले आज छलफल गरेको हो । उन्नती समावेसी कार्यक्रमको सहयोगमा भएको आचारसंहिता निर्माणमा कानुन ब्यवसायी यज्ञमान शाक्यले मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

मस्यौदामाथी पाथीभरा याङवरक गाउपालिका अध्यक्ष केशर मेन्याङवो,  फुङलिङ नगरपालिकाका उपप्रमुख तारा भट्टराई, फुङलिङ नगरपालिका ८ का वडाध्यक्ष पदम पालुङवा लगायतले सुझाव दिनुभएको थियो । कार्यक्रममा आठराई त्रिबेणी, मेरिङदेन, फक्तालुङ गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उपस्थिति रहेको थियो । कार्यक्रममा अलैंची ब्यवसायी, किसान र सञ्चारकर्मी खगेन्द्र अधिकारी समेतले सुझाव दिएका थिए ।

आचार संहितामा बिषादिको प्रयोग गरे कडा कारवाहि गर्नुपर्ने, गुणस्तर सुधारमा सम्झौत गर्न नहुने, अन्तराष्टिय मापदण्डलाई ध्यान दिनुपर्ने जस्ता विषयमा जोड  दिइएको थियो । अध्यक्षहरुले यो सकारात्मक बिषय भएको भन्दै कार्यान्वयनमा लान सकिने वताएका छन र सहमती जनाएका छन । अलैची ब्यवसायी संघका अध्यक्ष वालमणी वरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेनले मुल्यमा आएको गिरावटले किसानलाई निरास बनाएको वताउनु भयो । उहाले अलैंचीको कारोवार वन्द भए ताप्लेजुङ लगायतका पहाडि जिल्लामा भयावह अवस्था आउने भन्दै यस्मा सबैपक्षको ध्यान जानुपर्ने वताउनु भयो ।

महासंघ अध्यक्ष वरालले ताप्लेजुङको अलैंची कोसेलीको रुपमा कतै पुर्याउन नसकेका कारण प्रचारमा नआएको वताउनु भयो ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक