ताजा खबर

खेवाङमा सम्पन्न फुटबलको उपाधि खेवाङले चुम्यो,तेल्लोक उपविजेता

RadioTaplajung

 

खेवाङमा सम्पन्न फुटबलको उपाधि खेवाङले चुम्यो,तेल्लोक उपविजेता
रेडियो ताप्लेजुङ,कात्र्तिक १ गते । जिल्लाको सिरिजंगा गाउँपालिकास्थित खेवाङमा बुधबार सम्पन्न पुरुष फुटबलको उपाधि आयोजक खेवाङले चुमेको छ । फाइनलमा तेल्लोकलाई ३–० गोलले पराजित गर्दै उपाधि  चुमेको हो । विजेता टिमलाई नगद १ लाखसहित ट्रफि,मेडल र प्रमाण–पत्र सांसद योगेश भट्टराईले प्रदान गरे । उपविजेता तेल्लोकलाई गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले नगद ५० हजारसहित ट्रफि,मेडल र प्रमाण–पत्र प्रदान गरे । प्रतियोगीतामा २० टिमको सहभागीता थियो । असोज २७ गतेदेखि खेवाङस्थित गणेश माविको खेलमैदानमा खेल संञ्चालन गरिएको थियो । देश विदेशमा रहेका खेवाङवासी तथा शुभचिन्तकको आर्थिक तथा प्राविधिक सहयोगमा प्रतियोगीता संञ्चालन संम्भव बनेको हो । आयोजक खेवाङ स्र्पोटिङ क्लब अध्यक्ष विनम मावोले प्रतियोगीता सफलतापूर्वक सम्पन्न भएको टेलिफोनमा जानकारी दिए । अध्यक्ष मावोले भने,“सबैको सहयोगमा सफलतापूर्वक प्रतियोगीता सम्पन्न गर्न सफल भयौ । खेवाङबासी र सहयोगदाताप्रति आभारी छौ ।” वडादशैको अवसरमा वर्षेनी संञ्चालन हुँदै आएको प्रतियोगीताले आगामी दिनमा समेत निरन्तरता पाउने अध्यक्ष माबोले बताए । फाइनलका दिन संगीनी नृत्य,विभिन्न क्लबका नृत्य तथा च्याब्रुङ नाच समेत नाचिएको थियो । आसपासका साविकका गाविसहरु सुरुमखिम,तेल्लोक,मेहेले,पेदाङ,याम्फुदिन लगायतबाट खेल हेर्न आएका थिए । प्रतियोगीताको मिडिया पार्टनर रेडियो ताप्लेजुङले खेवाङ फुटबल प्रतियोगीताको व्यापक प्रचार प्रसारमा सहयोग गरेको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा