ताजा खबर

आठराईमा पहिलो पटक विदेशी खेलाडी

अमृत बास्तोला:-तेह्रथुम ३, बैशाख ।तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा वि.स. २०१५ साल देखि लाग्दै आएको ऐतिहासिक मदनमेलामा पहिलो पटक देश बाहिरका खेलाडीहरु सहभागी भएका छन् ।

गत विहीबार बाट जारी मदन मेलामा अफ्रिका महादेशको आइभेरी कोस्टका दुईजना खेलाडी सहभागी भएका हुन् । देश बाहिरका खेलाडीले पहिलो पटक संक्रान्तिबजार स्थित त्रिमहोन माविको प्राङगणमा खेल देखाएपछि मदन मेलाको रौनक थपिएको छ ।

आठराई गाउँपालिका–२, खाम्लालुङको टिम बाट विदेशी खेलाडी जावाटी र इब्राहिम मेलामा सहभागी भएका हुन् । विदेशी खेलाडी सहितको पहिलो खेल आठराई गाउँपालिका–२, खाम्लालुङ र चम्किलो तारा युवा क्लब ईवा बीच रोचक प्रतिस्पर्था भएको थियो ।

प्रतियोगीतामा ५–० को फराकिलो गोलान्तरले चम्किलो तारा युवा क्लब ईवाले लज्जास्पद हार व्यहोर्दै प्रतियोगीताबाट बाहिरीएको छ । आठराई गाउँपालिका–२ खाम्लालुङ सेमी फाइनलमा पुगेको छ ।
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा