ताजा खबर

नक्सा पास नगरी निर्माण गर्ने कम्पनीलार्इ कारबाही गर्न माग

पाँचथर । फिदिम नगरपालिकाबाट नक्सा नै पास नगरी ५० सैयाको पाँचथर अस्पताल भवन निर्माण थाल्ने शहरी तथा भवन डिविजन कार्यालय इलाम, निर्माण कम्पनि अनक हिराचन जेभी काठमाण्डौंलाई कारबाही गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष लवदेव ढुंगानाले फिदिम नगरपालिकालाई पत्र लेखि कारबाहीको माग गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ को उपदफा ५ मा नक्सा पास नगरी वा डिजाइन स्टिमेटभन्दा फरक पारी भवन बनाएमा सम्बन्धित स्थानीय सरकारले पाँच लाखसम्म जरिवाना गराउनसक्ने प्रावधान छ । सोही बमोजिम नक्सा पास नगरी निर्माण थाल्ने शहरी तथा भवन डिविजन कार्यालय इलाम, निर्माण कम्पनि अनक हिराचन जेभी काठमाण्डौंलाई कारबाही गर्न ढुंगानाले माग गरेका हुन् । उनले नक्सा पास नहुनुको कारण बुझ्न यसअघि पटक–पटक सम्बन्धित निकायमा सूचना माग्दा पनि सूचना प्राप्त नगरेको बताएका छन् । ढुंगानाले यसअघि पनि अस्पताल भवनको डिजाइन स्टिमेट, ठेकेदारको प्रतिबद्धता पत्र (विल अफ कन्टिटि) लगायतको सूचना माग गरेका थिए । ढुंगानाले सूचना माग गरेपछि भवन निर्माणको क्रममा लगाइएको बाँसको टेको हटाएर फलामको टेको लगाइएको थियो भने त्यसअघि नराखिएको क्यान्टिलिभर पनि राखिएको थियो । कारबाहीको लागि ढुंगानाले सोमबार पठाएको पत्र नगरपालिकाले सोमबार नै दर्ता नम्बर ३०७ मा दर्ता गरेको छ । फिदिम नगरपालिका–१, मा रहेको जिल्ला स्वास्थ्य कार्यालयको परिषरमा ५० सैयाको पाँचथर अस्पतालको नयाँ भवन निर्माणधिन अवस्थामा रहेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले