ताजा खबर

मासिँदै हाटबजार

RadioTaplajung

मासिँदै हाटबजार
आनन्द गौतम,असोज २० गते । ताप्लेजुङ — सदरमुकाम फुङलिङमा लाग्दै आएको एक सय वर्ष पुरानो हाट मास्न स्थानीय तह नै लागेको छ । सदरमुकामको प्रवेशद्वार तोक्मेदेखि बजार क्षेत्रको सडकलाई फुङलिङ नगरपालिकाले १० मिटर कायम गर्ने निर्णय गरेको छ ।


तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री बिमलेन्द्र निधिको निर्णय सदर गर्दै गरेको यो निर्णयले शनिबार र मंगलबार हाट लाग्ने क्षेत्र सडक कायम हुनेछ ।


निधिले गरेको निर्णयमा तोक्मेडाँडामा रहेको नेपाली सेनाको ब्यारेकको अघिल्लो भागदेखि जौवारी हुँदै सेते चौतारोसम्मलाई बैकल्पिक मेची राजमार्ग उल्लेख छ । सरकारले झापाको केचना कवलदेखि ताप्लेजुङ ओलाङचुङगोलाको घारिल्लासम्मको सडकलाई मेची राजमार्गको निर्णय गरेको छ ।

थ्बmबजब

सडक ऐन २०३३ अनुसार पहाडी राजमार्गको चौडाइ ३० मिटरको हुन्छ । नगरपालिकाले सदरमुकामको क्षेत्रलाई १० मिटर निर्णय गरेपछि ३० मिटरको सडक अब तोक्मेदेखिको हुनुपर्छ, अरू विकल्प छैन । हाटलाग्ने क्षेत्रको शिरानमा गोलाइ भएकाले सडकको ३०श क्षेत्र सडकमा पर्छ । सडक गाडी गुड्ने हो, हाट लाग्ने ठाउँ होइन ।


बजार लाग्ने क्षेत्रको ११ रोपनी जग्गा यसअघि नेपाली सेनाले आफ्नो बनाएको छ । सेनाले आफ्नो क्षेत्र काँडेतारले घेराबारा गरेर राखेको छ । ब्यारेक, त्यसको अघिल्तिर सडक र त्यसदेखि पूर्वको भाग खाली जग्गा छ । यो जग्गा अहिले पनि उपयोगमा छैन । ताप्लेजुङको खोज अनुसन्धान गर्ने लेखक राजेश्वर थापाका अनुसार यो हाट विक्रम संवत् १९५२ सालदेखि सुरु भएको अनुमान छ । त्यतिबेला ताप्लेजुङमा अमिन अड्डा आएको थियो । अड्डामा आएका कर्मचारीलाई चामल, तरकारी, दूध बिक्री गर्नका लागि यो हाट सुरु भएको हुन सक्ने उनले बताए ।


थापाले भने, ‘यो हर्कजंग मादेनले सुरु गरेका हुन् । त्यसको फोटो मैले भेट्टाएको छु । तर ठ्याक्कै मिति भेट्टाएको छैन । कर्मचारी आउन सुरु भएको र किन्ने र बिक्री गर्नेको समन्वय गराउन त्यही बेलादेखि सुरु भएको हुनुपर्छ ।’ अमिनि अड्डा पहिला चैनपुरमा थियो । त्यहाँबाट ताप्लेजुङको साँघुमा सारियो । साँघुका सुब्बाले किपटमा बस्न नदिने भएपछि सान्थाक्रा सर्‍यो । त्यहाँ पनि बस्ने वातावरण नभएपछि चाँगे दोभानको महादेवटारमा सारियो ।


महादेवटारमा पनि बस्ने वातावरण नभएपछि तत्कालीन सुब्बा हर्कजंगको संरक्षणमा फुङलिङ आएको हो,’ थापाले थपे, ‘अमिन आएपछि र मादेनको समेत राम्रो संरक्षण पाउने भएपछि व्यापारका लागि नेवारहरू, मारवाडी आए ।


गाउँसम्म जान कठिन हुने उनीहरूका लागि किनेर खाने प्रवन्ध मिलाउन हाट लागेको हो ।’ २००७ सालमा भने तनावको अवस्था सृजना भएपछि केही वर्ष रोकिएको बुढापाका बताउँछन् । ०१५ सालदेखि पुन सुरु भएको हो । पहिला शनिबार मात्रै लाग्ने हाट ०४८ सालपछि मंगलबार लगाउन थालिएको हो ।

तर, मंगलबारको प्रभाव अहिले पनि कमै मात्रै छ । ‘यहाँ व्यापारका लागि तेह्रथुम, पाँचथर, संखुवासभादेखिका मानिस आउथे,’ फुङलिङ नगरपालिका ७ दोखुका सुरेस पालुङवाले भने, ‘तेह्रथुम र पाँचथर जोड्ने लिम्कुनी पुल, फूलबारी र दोखु जोड्ने खडुँडेपुल, दोभानको हान्द्रुङको झोलुङगे पुलको महत्त्व यही हाटले बढाएको हो ।’


स्थानीयका अनुसार अहिले सेनाले अतिक्रमण गरेको क्षेत्रमा घुमाउने चौतारो बनाइएको थियो । हाट त्यो क्षेत्रमा लाग्थ्यो । पहिला पातलो बस्ती हुँदा सेनाले फायरिङको अभ्यास यहीं गथ्र्यो । पछि फायरिङ गरेको क्षेत्रलाई आफ्नो बनायो र धनिपुर्जा लियो । अहिले फायरिङको तालिम सुकेटारमा गर्ने गरेको छ । फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन निरौला नगरपालिका हाट मास्न उद्यत नभई व्यवस्थित बनाउन लागेको दाबी गर्छन् ।


यसका लागि यसै वर्ष खर्च गर्ने गरी १० लाख छुट्याएको उनले बताए । तर हाट लाग्ने बाहेकको क्षेत्र तोक्मेडाँडा सामुदायिक वन उपभोक्ता महासंघको नियन्त्रणमा रहेकाले संरचना बनाउने ठाउँसम्म छैन ।


हाट लाग्ने क्षेत्रका वडाध्यक्ष युवराज बराल र ७ का राजन गुरुङ हाटको पूर्वतर्फको भाग विस्तारमा रहेको बताउँछन् । तर, नेपाली सेनाको नाममा रहेको उपयोगविहीन जग्गा हाटका लागि उपयुक्त हुनेमा उनीहरू एक मत छन् । यो जग्गा सरकारले फिर्ता गरे ऐतिहासिक हाटलाई व्यवस्थित गर्न सकिने उनीहरूको तर्क छ ।


नगरले हाल सडकको क्षेत्रमा सार्वजनिक शौचालय बनाउन लागेको छ । हङकङ समाजले बनाइदिने शौचालयका लागि नगरपालिकाले छुट्याएको क्षेत्र ३० मिटरको मापदण्डमा पर्छ । तर आफैंले निर्णय गर्ने नगरपालिकाले राजमार्ग र हाट व्यवस्थापनको दोहोरो चरित्र देखाएको स्थानीयको गुनासो छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक