ताजा खबर

भुटानीलाई नेपाली नागरिकता: फाइल नै गायब

भुटानीलाई नेपाली नागरिकता: फाइल नै गायब
वैशाख २ । प्रहरीले दुई वर्षअघि गौरबाट ठाकुरप्रसाद न्यौपानेलाई पक्राउ गर्‍यो । खानतलासी गर्दा उनको साथबाट बरामद कागजपत्रले न्यौपाने भुटानी नागरिक रहेको र उनले रौतहटबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुल्यो ।

झुटो विवरण पेस गरेर नागरिकता लिएको भन्दै उनीविरुद्ध मुद्दा चलाएर प्रहरीले छानबिन अगाडि बढायो । न्यौपानेले साबिकको जंगडिया गाविसमा २०६३ मा खटेको टोलीका कर्मचारीलाई १८ हजार रुपैयाँ दिएर नागरिकता लिएको बयान न्यौपानेले दिए । प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेर टोलीले वितरण गरेको अनुसूची फारमको कागजपत्र माग गर्‍यो । तर उक्त गाविसमा खटिएको टोलीले वितरण गरेको नागरिकताका सबै कागज पानी चुहिएर गलेको जवाफ प्रहरीले पायो ।

जिल्ला प्रहरी कार्यालयले रौतहटका तत्कालीन प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीलाई प्रमाण नष्ट भएकोबारे छानबिन गर्न अनुरोध गर्‍यो । नागरिकता लिंदा पेस गरेको अनुसूची फारम प्रशासनबाट गायब भएको खुलेपछि ओलीले छानबिनमा चासो देखाए । उनको सरुवापछि छानबिन रोकियो ।

टोलीले त्यसबेला विभिन्न प्रलोभनमा परेर ३० भन्दा बढी भुटानी नागरिकलाई झुटो विवरणको भरमा नागरिकता वितरण गरेको पाइएको छ । ओलीपछि आएका तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्यायले कर्मचारीको बदमासी भएको बताएका थिए । नागरिकताको कागज गायब गर्नेले उन्मुक्ति नपाउने उनको भनाइ थियो । तर, अहिलेसम्म अनुसन्धान प्रक्रिया अघि बढेको छैन न त कुनै कर्मचारीमाथि कारबाही भएको छ ।

न्यौपानेले नागरिकता लिएको उक्त गाविसमा मुस्लिम, साह, चमार, बनिया, कानु र यादवलगायतका समुदाय बसोबास गर्छन् । त्यसमा पनि मुस्लिम समुदायको बाहुल्यता छ । टोलीले गौतम, भट्टराई, तिमल्सिना, न्यौपाने, आचार्य, पौडेल र कार्की थरका ३० भन्दा बढी भुटानीलाई नागरिकता दिएको खुलेको छ । ०६३र०६४ को टोली नम्बर ११ बाट उनीहरूले त्यहीं जन्मिएको झुटो विवरण बनाएर नागरिकता लिएका हुन् । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको रजिस्टरमा त्यसबेला खटिएको टोलीले ६३ जनालाई जन्मका आधारमा नागरिकता वितरण गरेको उल्लेख छ । तर ३० भन्दा बढीले झुटो विवरण पेस गरेर नागरिकता लिएको तत्कालीन प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए । तिवारी अहिले गुजरा नगरपालिकाका प्रशासकीय प्रमुख छन् । भुटानीले नागरिकता लिंदा तयार गरिएको रजिस्टरको कैफियतमा सचिवको नामसमेत उल्लेख छैन ।

सचिवकै सिफारिसको भरमा टोलीले भुटानीलाई नागरिकता दिएको हो । जिंगडियाका शेख अब्दुलले गाविसमा पहाडे समुदायका मानिसको बसोबास नरहेको बताए । ‘पूर्वप्रहरी महानिरीक्षक प्रदीपशमशेर जबराबाहेक यो गाउँमै पहाडे समुदायका मानिस छैनन्,’ उनले भने, ‘जबराको पनि जन्म यहाँ भएको होइन । उनले गाउँमा पछि घर बनाएका हुन् ।’

भुटानीले झुटो विवरण पेस गरेर टोलीबाट नागरिकता हात पारेको उनको दाबी छ । अनुसूचीलगायतको कागजपत्र प्रशासन कार्यालयबाट कसले गायब गर्‍यो अझै खुलेको छैन । जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन चन्द्रनिगाहपुरमा सबै कागज बुझाएको दाबी गरेको छ । इलाका प्रशासनका कर्मचारीले नागरिकतासम्बन्धी रजिस्टरबाहेक कुनै कागज नआएको बताए ।

अनुसन्धान भएन
भुटानी नागरिक न्यौपाने पक्राउ परेपछि रौतहटमा ४ जना प्रमुख जिल्ला अधिकारी आए । उनीहरूले नागरिकताका विषयमा कुनै छानबिन गरेका छैनन् । प्रशासनका कर्मचारीले सबै कागज सडेर नष्ट भएको जनाएपछि प्रमुख जिल्ला अधिकारीले चासो नदिएका हुन् । नागरिकता लिएकाहरू कहाँ र के गर्दैछन भन्ने विषयमा समेत प्रशासनले मतलब गरेको छैन । प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले ०६३ को टोलीले कसरी र केका आधारमा नागरिकता दिएको रहेछ त्यसबारेमा बुझ्ने बताए । ‘सरकारी काम भनेर छानबिनमा चासो नदेखाएका होलान्,’ उनले भने, ‘नागरिकताको मुद्दा निकै जटिल हुन्छ । यसलाई गहिरिएर हेर्नुपर्छ ।’ स्रोतः ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले