ताजा खबर

आज विश्वकर्मा पूजा र वास्तु दिवस

SITENAME

आज विश्वकर्मा पूजा  र वास्तु दिवस
 असोज १ गते । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

मेयरदेखि सिडिओसम्म झाडु बोकेर बजारमा निस्किए

  रेडियो ताप्लेजुङ । फुङलिङ नगरपालिकाको वजार सरसफाइमा नगरपालिकाका मेयर उपमेयर, प्रमुख जिल्ला अधिकारि लगायतको टोलि झाडु लिएर सडकमा निस्किएका छन् ।

SITENAME

सातै महादेशका शिखरमा पुगेर हिउँ जोगाउन आह्वान गर्दै ताप्लेजुङका १४ वर्षे सोनाम

फागुन १ गते ।  सर्लक्क परेको शरीर, हँसिलो महार । ताप्लेजुङको मैयाँखोलाका १४ वर्षीय सोनाम शेर्पाले आत्मविस्वासका साथ भने, ‘सातवटै महादेशका अग्ला

SITENAME

ताप्लेजुङमा ७३ मेगावाटको मध्य तमोरका लागि लगानी जुट्यो

फागुन १ गते । ताप्लेजुङमा निर्माणाधीन ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको छ । कुल लागत १२ अर्ब ६८ करोड