ताजा खबर

प्रिमियर लिग:म्यानचेस्टर सिटी उपाधि नजिक

RadioTaplajung

प्रिमियर लिग:म्यानचेस्टर सिटी उपाधि नजिक

बैशाख २ – म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको एक कदम नजिक पुगेको छ । गएरातिको खेलमा टोटनह्यामलाई ३ –१ ले हराएपछि म्यान्चेष्टर सिटीलाई जितका लागि अब मात्र ३ अंकको खाँचो छ । सिटीको जितमा जिसस, गुण्डोगान र स्टिर्लिङले गोल गरे ।

सिटीका लागि जिससले २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै गुण्डोगानले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । ४२ औं मिनेटमा टोटनह्यामका इरिक्सनले गोल गरेपछि पहिलो हाफसम्म सिटीले २ – १ को अग्रता लिएको थियो । खेलको ७२ औं मिनेटमा स्टिर्लिङले गोल गर्दै खेल ३–१ को अवस्थामा पुर्याए । त्यसपछि खेलमा कुनै गोल भएन ।

जितपछि सिटीको ३३ खेलबाट ८७ अंक भएको छ । दोश्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडले ३३ खेलबाट ७१ अंक बनाएको छ । चौथो स्थानको टोटनह्यामको ३३ खेलबाट ६७ अंक छ ।

अब एक खेल जिते सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जित्नेछ । यस्तै दोश्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडले आफ्नो खेल हारे सिटीले उपाधि जित्नेछ । म्यान्यूले आइतबार वेष्टब्रोमसँग र बुधबार बर्नमाउथसँग खेल्दैछ । सिटीले भने अप्रिल २२ तारिखमा स्वान्सीसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा