ताजा खबर

रोनाल्डो बिनाको पोर्चुगलले हरायो इटालीलाई

RadioTaplajung

रोनाल्डो बिनाको पोर्चुगलले हरायो इटालीलाई
भदौ २६ गते । रोनाल्डो बिना नै मैदानमा उत्रिएको पोर्चुगलले युइएफए नेशन्स लिग अन्तर्गत इटालीलाई एक शून्यले हराएको छ ।

सोमबार राति भएको समूह चरणको खेलमा पोर्चुगलको जितमा एकमात्र गोल आन्द्रे सिल्भाले गरे । रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका रोनाल्डोले ब्यक्तिगत कारणले राष्ट्रिय टिमबाट दुई खेल नखेल्ने बताएका थिए ।

जसका कारण नियमित कप्तान विना नै मैदानमा उत्रिएको पोर्चुगलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर ४८ औं मिनेटमा सिल्भाले ब्रुमाको क्रसमा गोल गर्दै टिमलाई अग्रता दिलाए । रसिया विश्वकपमा छनोट हुन नसकेको इटलीले त्यसपछि खेलमा फर्कने मौका पाए पनि सफल भएन। हारपछि इटली समूह चरणबाट बाहिर भएको छ । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा