ताजा खबर

सहकारीको तीज कार्यक्रममा दर खाएका ४०० विरामी

RadioTaplajung

सहकारीको तीज कार्यक्रममा दर खाएका ४०० विरामी
भदौ २४ गते । पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या चार सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् ।

कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।

गाउँभरिका करिब ५र७ सय कार्यक्रममा सहभागी थिए । तर, दर खाएका सबैको पेट दुख्ने, वाकवाक हुने, पखला हुने, टाउको दुख्ने समस्या देखिएको छ ।

‘मेरो घरको तीन जना विरामी भएपछि अरुलाई पनि केही भयो कि भनेर सहकारीका अध्यक्ष भैरव सेडाईलाई फोन गरेँ । उहाँको हविगत पनि उहि रहेछ’ प्रदेश सांसद भुर्तेलले भनिन् ।

काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।बिरामीमध्ये धुलिखेल अस्पतालमा ८६ को उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको डा। अनमोल श्रेष्ठले जानकारी दिए ।

५६ जनाको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा। एञ्जला बस्नेतले बताए ।

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौंमा उपचारको लागि लगिएको छ । बाँकी उपचार गरी घर फर्किसकेका छन् ।

विरामी हुनेमा बढी बालबालिका र महिला छन् । बिरामी भएकाहरूको सफ््या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोलीले बिरामीले खाएका खाना तथा पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा लगेको छ ।

तीजको नाममा गरिने देखावटी र तीजका नाममा हुने विकृतिको एउटा उदाहरण देखिएको स्वास्थ्य विभागका महानिर्देक डाक्टर गुणराज लोहनीले बताए । चाडवाडमा मिठो खाने, धेरै रमाउने नाममा भड्किलो बनाउँदै जादा स्वास्थ्यसम्बन्धी समस्या बढ्ने भन्दै उले सजग हुन अपील गरेका छन् ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले