ताजा खबर

अमेरिकन डलरसहित पक्राउ

RadioTaplajung

अमेरिकन डलरसहित पक्राउ
भदौ १३ गते । महानगरीय प्रहरी वृत्त लैनचौरले ६१ हजार ६२० अमेरिकन डलरसहित तीनजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले अवैधरुपमा अमेरिकन डलर लिएर हिँडिरहेको अवस्थामा सुनसरीका अमर विश्वकर्मा, पूर्वी रुकुमका धनबहादुर खड्का र काठमाडौँका रवि श्रेष्ठलाई आज साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अवैध रुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा खानी तथा भूगर्भ विभाग पछाडिबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैङ्कको अनुमतिबिना मनी एक्सचेञ्जबाट रकम साटेर लिएर हिँड्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको वृत्तले जनाएको छ ।

पक्राउ परेकामध्ये विश्वकर्मा सुन पसले, श्रेष्ठ मनी एक्सचेञ्जमा काम गर्ने र खड्का विचौलिया रहेको अनुसन्धानमा खुलेको वृत्त प्रमुख केसीले बताउनुभयो । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले