ताजा खबर

दाइजो नल्याएको भन्दै प्रहरीले नै श्रीमती कुटे

RadioTaplajung

दाइजो नल्याएको भन्दै प्रहरीले नै श्रीमती कुटे
 साउन २४ गते ।  रुपन्देही – दाइजो नल्याएको भन्दै रुपन्देहीमा प्रहरीले नै श्रीमतीलाई कुटपिट गरेका छन् ।
 
इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँमा दरबन्दी भएका रुपन्देही कोटहिमाइ गाउँपालिका–१ सिपवाका लोकेन्द्र नाउले दाइजो नल्याएको निहुँमा २१ वर्षीय श्रीमती प्रियङका नाउलाई निर्घात कुटपिट गरेका हुन् ।

प्रियङ्काका बुवाले छोरीको विवाह गर्दा एक लाख नगद, एउटा मोटरसाइकल दाइजो दिए पनि पर्याप्त दाइजो नल्याएको भन्दै प्रहरी जवान नाउले श्रीमतीलाई कुटपिट गरि घाइते बनाएका हुन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक सन्तोष बुढाथोकीका अनुसार श्रीमती कुटपिट र यातनाको उजुरी कार्यालयमा आएको छ । यसबारे थप अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने उहाँले जानकारी दिनुभयो । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले