नगरपालिकाको ध्यान सडकमा

आनन्द गौतम ताप्लेजुङ – फुङलिङ नगरपालिकाले विकासे बजेटको ठुलो हिस्सा सडकमा लगाएको छ । मंगलवार आयोजीत पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सडक निर्माणमा पाँच करोड ८० लाख ९० हजार छुट्याएको हो । नगरसभावाट पारित आर्थीक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र आयब्यय बिवरण सार्वजनीक गर्न आयोजीत कार्यक्रममा दिइएको जानकारी अनुसार ९० लाख रुपैंया बसपार्क निर्माणमा लगानी गरिएको छ । यही बर्ष सक्नेगरी लगानी गरिएको र तोक्मेडाँडामा रहेको बसपार्क स्थायीरुपमा सार्ने नगरपालिका प्रमुख छत्रपती प्याकुरेलले वताए । अहिले तोक्मेडाँडामा अस्थायी रुपमा बसपार्क सञ्चालनमा रहेको छ । पूँजीगत तर्फ १७ करोड १७ करोड १८ लाख बिनियोजन गरेको नगरपालिकाले भवन निर्माणमा एक करोड ४८ लाख, ढल निकासमा एक करोड एकलाख, खानेपानीमा ७४ लाख ५० हजार, खेलमैदान निर्माणमा ६७ लाख विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले वताए । बिषयगत तर्फ जिल्ला अस्पताललाई एक करोड ५६ लाख, कृषिमा ६८ लाख ५९ हजार, पशुमा ४२ लाख ९० हजार, भू–संरक्षणमा २० लाख र सिंचाइमा ७ लाख ५० हजार छुट्याएको छ । शिक्षा क्षेत्रमा १५ करोड ४५ लाख छुट्याइएको छ । यो शिक्षकहरुको तलव भक्ता सहितको रकम हो । गैह् सरकारी संस्थालेमात्रै ७ करोड ७१ लाख खर्च गर्ने योजना नगरपालिकामा पेश गरेका छन । वजेट सार्वजनिकिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन जिसीले स्थानीय आय बढाउनुपर्नेमा जोड दिएका थिए । नगरप्रमुख प्याकुरेलले केवलकार नीर्माण जस्ता ठुला योजना र निर्माणकालागी अनुमती समेत दिइसकिएकाले आम्दानी बढ्ने बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

संविधान दिवसमा बजारको सरसफाइ

 ताप्लेजुङ,असोज २ गते । ताप्लेजुङमा संविधान दिवसका कार्यक्रम सुरु भएका छन् । दिवसको अवसरमा आज सदरमुकाम फुङलिङ बजारमा सरसफाइ गरिएको छ । जिल्ला

SITENAME

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज विश्वकर्मा पूजा  र वास्तु दिवस  असोज १ गते । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्

SITENAME

चीन तर्फका नाकाको सडक सुधारमा ध्यान दिन भट्टराईको माग

  आनन्द गौतम/२०७५ भदौ ३१/ताप्लेजुङ – ताप्लेजुङवाट निर्बाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा का स्थायी कमिटि सदस्य योगेश भट्टराईले उत्तरी चीनतर्फका