ताजा खबर

ब्राजिललाई २–१ ले हराउँदै बेल्जियम सेमिफाइनलमा

RadioTaplajung

ब्राजिललाई २–१ ले हराउँदै बेल्जियम सेमिफाइनलमा
 असार २३ गते । पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । उपाधिको प्रमुख दावेदार भनिएको ब्राजिल बेल्जियमसँग २–१ गोलले पराजित हुँदै बाहिरिएको हो ।

रुसको काजान एरिनामा भएका प्रतिस्पर्धात्मक क्वार्टरफाइनलमा पहिलो हाफमा गरेको २ गोलले बेल्जियमलाई विजयी बनायो । यद्यपि बेल्जियन गोलरक्षक थियागो कोट्वाको प्रदर्शन पनि आजको खेलमा शानदार थियो ।
 
खेलको १३औं मिनेटमै बेल्जियमको प्रहार क्लियर गर्न लाग्दा फर्नान्डिन्होले आफनै पोष्टमा गोल गर्न पुगेका थिए ।
 
उपहार गोलमार्फत अग्रता बनाएको बेल्जियमले ३१औं मिनेटमा अर्को गोल थप्यो । म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभिन डी ब्रुयेनले झण्डै २० यार्ड टाढाबाट गरेको सशक्त प्रहार ब्राजिली गोलरक्षक इकर कोलिसनलाई बिट गर्दै शानदार गोलमा परिणत भएको थियो ।
 
दोस्रो हाफमा ब्राजिलले १ गोल फर्कायो, तर, पाएका थुप्रै अवसरहरुमा चुक्दा उसले क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो । बेल्जियनका किपर कोट्वाले पाउलिन्हो, नेइमार, मार्सेलो लगायतका ब्राजिलियन स्टारका शानदार प्रहार विफल पारिदिएका थिए ।

जापानविरुद्धको खेलमा २–० ले पछि परेको अवस्थामा पनि बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै नतिजा ३–२ ले आफ्नो पक्षमा पारेको थियो । ब्राजिलविरुद्धको क्वार्टरफाइनलमा पनि बेल्जियमले काउन्टर अट्याकलाई निरन्तराता दियो । उसले एक गोल उपहार पायो भने अर्को गोल काउन्टर अट्याकमा गर्यो । बेल्जियमले साँच्चै नै ब्रिलियन्ट खेल देखायो । राम्रो खेलेर पनि आफूले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा ब्राजिल क्वार्टरफाइनलबाटै घर फर्किन बाध्य भयो ।

ब्राजिलविरुद्ध सनसनीपूर्ण जित हात पार्दै विश्वकप इतिहासमा बेल्जियम दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको हो । यसअघि सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकपको क्वार्टरफाइनलमा पेनाल्टी शुटआउटमा स्पेनलाई ५–४ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । यद्यपि सेमिफाइलमा उ अर्जेन्टिनासँग २–० ले हार्न पुग्यो । अर्जेन्टिनाका लागि दुवै गोल डियगो म्याराडोनाले गरेका थिए । थर्ड प्लेसका लागि भएको प्रतिस्पर्धामा फ्रान्ससँग ४–२ ले हार्न पुग्यो ।

 
यता बेल्जियमले भने फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । फ्रान्स शनिबार नै  भएको खेलमा उरुग्वेलाई हराएर सेमिफाइनलमा पुगेको हो । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा