ताजा खबर

पनामामाथि आधादर्जन गोल वर्षाउँदै इंग्ल्यान्ड अन्तिम १६ मा, केनको ह्याट्रिक

RadioTaplajung

पनामामाथि आधादर्जन गोल वर्षाउँदै इंग्ल्यान्ड अन्तिम १६ मा, केनको ह्याट्रिक
असार ११ गते ।  इंग्ल्यान्ड विश्वकप फुटबलको अर्को चरणमा प्रवेश गरेको छ ।

आइतबार भएको समूह ‘जी’को खेलमा पनामामाथि ६–१ को फराकिलो जित हासिल गर्दै इंग्ल्यान्डले अन्तिम १६ मा ठाउँ बनाएको हो ।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । यो विश्वकपका लागि ५२औं तथा रुसमा जारी विश्वकपका लागि दोस्रो ह्याट्रिक हो ।

ह्याट्रिकसँगै केन जारी विश्वकपको सर्वाधिक गोलकर्ता बनेका छन् । यसअघि, ट्युनिसियाविरुद्ध २ गोल गरेका केनको गोलसंख्या ५ पुगेको छ । बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ४र४ गोल गरेका छन् ।

यस्तै, स्पेनका डिएगो कोस्टा र आयोजक रुसका चेरिसेभको नाममा ३र३ गोल रहेको छ ।

इंग्ल्यान्डलाई जिताउनेक्रममा जोन स्टोन्सले २ तथा जेस्सी लिंगार्डले एक गोल थपे ।

पहिलोपटक विश्वकप खेलेको पनामाका लागि फिलिप बालोएले एक कीर्तिमानी गोल फर्काए ।

इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई हराएको थियो भने पनामा बेल्जियमसँग हारेको थियो ।

यो जितसँगै लगातार दुई जितसहित इंग्ल्यान्ड अर्को चरणमा पुगेको हो । समूह ‘जी’बाट लगातार दुई जितसहित बेल्जियम पनि अर्को चरण पुगिसकेको छ ।

एकरएक खेल खेल्नुअघि नै पनामा र ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा