पोल्याण्ड विश्वकपबाट बाहिरियो, कोलम्बियाको सम्भावना कायमै
पोल्याण्ड विश्वकपबाट बाहिरियो, कोलम्बियाको सम्भावना कायमै
असार ११ गते । युरोपेली टोली पोल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार राति कोलम्बियासँग पराजित भएपछि पोल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिने निश्चित भएको हो ।
पहिलो खेलमा सेनेगलसँग २–१ ले पराजित भएको पोल्याण्डले कोलम्बियासँग ३–० गोलको पराजय ब्यहोर्यो । पोल्याण्डले समूहको २ खेलबाट अंक जोड्न सकेको छैन भने आजको जितपछि कोलम्बियाको ३ अंक भएको छ । आइतबार नै भएको खेलमा २–२ गोलको बराबरी खेलेका सेनेगल र जापानको ४–४ अंक छ । समूहको अन्तिम खेलमा जापानले पोल्याण्डसँग खेल्नेछ भने सेनेगलले कोलम्बियासँग खेल्नेछ ।
पोल्याण्डसँगको खेलको ४० औं मिनेटमा यरी मिनाको हेड गोलमार्फत कोलम्बिया अग्रता लियो । यस्तै, ७० औं मिनेटमा रामाडेल फाल्काओले र ७५ औं मिनेटमा जुहान कुवाड्राडोले गोल गरे । जेम्स रोड्रिग्वेजले गोल गर्न नसकेपनि २ गोलका लागि पास उपलब्ध गराएका थिए ।
स्रोतःउज्यालो अनलाईन
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर
फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा
प्रतिकृया दिनुहोस