ताजा खबर

अरुण तेस्रोको निर्माणाधीन बाँधमा पहिरो खस्दा ५ जना बेपत्ता

RadioTaplajung


संखुवासभा । अरुण तेस्रो  परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन्। मकालु गाउपालिका वडा नम्बर ५ को फ्याक्सिन्दा दोभानमा शुक्रबार राति करिब ८स्४० बजे पहिरो खसेर ५ जना बेपत्ता भएको संखुवासभा डीएसपी श्याम सारु मगरले जानकारी दिए। 

जलविद्युत परियोजनाको बाँध निर्माण स्थलमा सुरुङ निर्माणको क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर पाँच जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा कालिकोटका कामदारहरू ३२ वर्षिय प्रदीप शाही, जुम्ला चन्द्र नगरपालीका १ का ४४ वर्षिय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा र भारत विहारका इलेक्ट्रिसियन ४५ वर्षिय नन्द किशोर रहेका छन्। अर्का एकजनाको नाम खुलेको छैन। 

सरुङमा कति कामदार थिए अझै यकिन हुन सकेको छैन। अहिले ४  वटा स्काभेटरले उद्धारकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो खस्ने क्रम जारी रहेकोले उद्धरमा समस्या परेको प्रहरीले जनाएको छ। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी लागिरहेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हलौ मोदीको नेपाल भ्रमणका क्रममा परियोजनाको संयुक्त रुपमा काठमाडौंबाट सिलन्यास गरेका थिए।

२५ मिटर निर्माण भइसकेको सुरुङ निर्माणका लागि मेसिन प्रयोग गरिएको परियोजनाले जनाएको छ। अन्नपूर्णपोष्टबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले