ताजा खबर

प्रधानमन्त्रीको चीन भ्रमण:दर्जन सहमति र सम्झौता हुने

RadioTaplajung

प्रधानमन्त्रीको चीन भ्रमणस् दर्जन सहमति र सम्झौता हुने
असार १ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा करिब एक दर्जन सहमति र सम्झौता हुने भएका छन् । तर, यातायात तथा पारवहन प्रोटोकलले भने अन्तिम रूप नपाउने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा रसुवागढी–केरुङ र तातोपानी–खासा नाकामा पुल निर्माण, नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य, ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण, कृषिमा सरकारी तथा निजी साझेदारी र सातै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरको तयारी रहेको जानकारी दिए ।

यस्तै, खाद्यान्न ढुवानीका निम्ति तिब्बतका राजमार्ग उपयोग गर्न ८ वटा सीमा नाकाले पहुँच पाउनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनेछ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणका प्रक्रिया तथा दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापनाबारे पनि सहमति हुनेछ । दुईदेशीय उक्त संयन्त्रले विभिन्न स्तरमा छलफल गर्दै आपसी सम्बन्ध उचाइमा लैजाने पनि उनले बताए ।

ज्ञवालीले भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने घोषित सहयोग रकमको उपयोग र कामलाई तीव्र रूपमा अघि बढाउनेबारे पनि छलफल हुने बताए । करिब एक हजार मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी क्यास्केट जलविद्युत् आयोजनामा चीनको निजी क्षेत्रले लगानी गर्ने विषय पनि छलफलमा छ । नेपालको बुटवल पावर कम्पनी र चीनको सिचुवानस्थित एससीआईजी कम्पनीबीच मस्र्याङ्दीका विभिन्न स्थानमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने समझदारीमा हस्ताक्षरको तयारी छ । निकै चर्चामा रहेको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० का परियोजना, तिनको निर्माण तथा लगानीको ढाँचाबारे नेपाल अझै स्पष्ट हुन नसकेकाले यसमा लामो छलफल हुनेछ । मन्त्री ज्ञवालीले दुवै मुलुकबीच बीआरआईका विषयमा छलफल भइरहेको बताए । ‘नेपालको राष्ट्रिय आवश्यकताका विभिन्न परियोजनै बीआरआईअन्तर्गत निर्माण गरिनेछ,’ उनले भने ।

भ्रमणका क्रममा समुद्री बन्दरगाह र सुक्खा बन्दरगाह प्रयोगका विषयमा पनि छलफल हुने बताइएको छ । पारवहन प्रोटोकल तय भइनसकेकाले यसमा सहजता देखिँदैन । सूचना तथा सञ्चार प्रवाहका निम्ति अप्टिकल फाइबर उपयोग गर्ने र अन्य राष्ट्रिय हित एवं स्वार्थका परियोजनामा पारस्परिक सहयोगबारे पनि सम्झौता हुने ज्ञवालीले बताए । खाद्यान्न ढुवानीका लागि नेपालबाट तिब्बतको राजमार्ग हुँदै मालसामान निर्यात गर्ने प्रयोजनका निम्ति रसुवागढीमा एक, हुम्लाको हिल्सामा एक, बझाङको उरिपासमा दुई, दार्चुलाको तिंकरमा दुई र ताप्लेजुङको तिप्लापासमा दुई नाका उपयोगमा ल्याइनेछ । यो नाका पहिले नै सञ्चालनमा रहेको भए पनि तिब्बती हाईवे उपयोग हुन नपाउँदा त्यहाँबाट सामान ढुवानीमा समस्या परेको थियो ।

नेपालको समृद्धितर्फको यात्रालाई ध्यान दिएर चीन निजी क्षेत्रसँगको सहकार्यमा बढी केन्द्रित देखिएको छ । यो भ्रमणमा नेपालको विकासका लागि भौतिक पूर्वाधार निर्माणका केही परियोजनामा चिनियाँ सहयोग उपहारका रूपमा समेत आउन सक्ने बताइएको छ । मन्त्री ज्ञवालीले भ्रमण विकास र समृद्धिका लागि उपयोगी हुने बताए ।

दुई देशका प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डल वार्ता हुनेछ भने दुईपक्षीय सहमतिका लागि प्रतिनिधिमण्डलमा रहेका मन्त्री तथा सचिवहरूले आआफ्नो खाका प्रस्तुत गर्नेछन् । यसको तयारीका लागि एक टोली अहिले पनि बेइजिङमा छ । प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति सी चिनफिङसँगको वार्ता र अन्य छलफलले दुई देशबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास परराष्ट्रमन्त्री ज्ञवालीको छ ।

२०७२ चैतमा भएका द्विपक्षीय सहमति, सन्धि र सम्झौता कार्यान्वयन गराउनेमा प्रधानमन्त्री ओलीको भ्रमण केन्द्रित हुने उनले बताए । तर अघिल्लो पटकको भ्रमणमा गरिएको पारवहन सम्झौतामा ३३ प्रतिशतसम्मको इन्धन चीनबाट ल्याउन सक्नेजस्ता सहमति गरेका ओलीले यस पटक भने त्यसलाई अन्तिम रूप दिन नसक्ने भएका छन् । ‘व्यापार तथा पारवहनका साथै स्वतन्त्र व्यापार क्षेत्रका विषयमा द्विपक्षीय छलफल जारी छ, निकट भविष्यमै निष्कर्षमा पुगिनेछ,’ मन्त्री ज्ञवालीले भने ।

५४ सदस्यीय सरकारी टोली
प्रधानमन्त्री ओली आगामी मंगलबार चार मन्त्रीसहित ५४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै ६ दिने चीन भ्रमणमा निस्किँदै छन् । औपचारिक नियुक्ति नलिएका र सरकारी पदमा नरहेकालाई समेत सरकारी खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा समावेश गरिएको परराष्ट्र अधिकारीले बताए । प्रधानमन्त्रीको भ्रमणमा ३५ व्यापारी र १० सञ्चारकर्मी आफ्नै खर्चमा जाने भएका छन् । भारत भ्रमणका क्रममा नेपाली ध्वजावाहक विमान प्रयोग गरेका ओली यसपटक भने चिनियाँ र नेपाली लगानीको हिमालयन एयरलाइन्सबाट चीन जाँदै छन् । अघिल्लोपटक पनि उनी यसै एयरलाइन्सको विमानमा चीन गएका थिए । उनी काठमाडौंबाट सिधै बेइजिङ जानेछन् ।

सार्क हाम्रो प्राथमिकता स् परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० नेपालको प्राथमिकतामा रहेको बताए । सार्क र बिमस्टेकलाई एकै स्थानमा राख्न नहुने उल्लेख गर्दै उनले भने, ‘हामीले सार्क शिखर सम्मेलनको पनि पहल गरिरहेका छौं । छिट्टै बिमस्टेक सम्मेलन पनि गर्नेछौं । नेपालले प्रस्ताव गरेको समयमा बिमस्टेक सम्मेलन हुने निश्चित छ ।’ भुटानमा निर्वाचन घोषणा भइसकेकाले त्यहाँको सरकारले सहभागिता जनाउने तर दूरगामी सहमतिमा हस्ताक्षर नगर्ने सर्तअनुरूप सम्मेलन हुने भएको हो । उनले आफूले हालै गरेको मंगोलिया भ्रमण उपयोगी रहेको भन्दै नेपालजस्तै भूपरिवेष्टित मुलुकहरूको साझा चासोमा छलफल भएको बताए ।

मन्त्री ज्ञवालीले प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने बताए । उनले मापदण्ड तय गरेर क्षमतावान्लाई मात्र राजदूत बनाउने पनि स्पष्ट पारे । ‘परराष्ट्र र बाहिर जहाँबाट बने पनि क्षमतावान् व्यक्ति मात्र राजदूत बन्नेछन्,’ उनले भने । उनले कूटनीतिक आचारसंहिता पनि अन्तिम चरणमा रहेको बताए ।
स्रोतःई कान्तिपुर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्