ताजा खबर

तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही

SITENAME

तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही
जेठ २५ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माण आगामी भदौ २० गतेभित्रै सम्पन्न नगरे ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ हुँदै आएको पुलको निर्माण भदौ २० मा सम्पन्न नगरे कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

निर्माणमा ढिलासुस्ती भएकोप्रति गम्भीर चासो राख्दै जिसीले निर्माणस्थलमै पुगेर समयमै सम्पन्न गर्नेगरी निर्माण कम्पनीलाई लिखित कागज गराएका छन् ।

भदौ २० गतेभित्रै निर्माण सम्पन्न गर्ने र यदि नगरे कानुनी कारबाहीको भागेदार हुने भन्दै निर्माण कम्पनी कन्काई इन्टरनेसनल बिल्डर्स झापाका प्रतिनिधि प्रभुराम बिमलीले लिखतमा हस्ताक्षर गरेका छन् ।

वि।सं। २०७२ साल असोजभित्रै पुलको निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदारको लापरबाहीले हालसम्म निर्माण सम्पन्न भएको छैन । स्रोतःइमेज च्यानल

प्रतिकृया दिनुहोस

ताप्लेजुङ प्याब्सनको आयोजनामा छात्र/छात्रा एथलेटिक्स

ताप्लेजुङ प्याब्सनको आयोजनामा छात्र/छात्रा एथलेटिक्स रेडियो ताप्लेजुङ,मंसिर २७ गते । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको

SITENAME

ताप्लेजुङका ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनको भाडा एकमहिना भित्रै समायोजन हुने

ताप्लेजुङका ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनको भाडादर एक महिना भित्रै समायोजन हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आज बसेको

SITENAME

फुङलिङ नगरपालिका ७ मा वडास्तरिय युवा क्लव गठन

रेडियो ताप्लेजुङ मंसिर २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ७ मा वडास्तरिय युवा क्लव गठन गरिएको छ । आइतबारको युवाहरुको भेलाले यमुना गौतमको