ताजा खबर

अर्जेन्टिनाद्वारा ईजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द

RadioTaplajung

अर्जेन्टिनाद्वारा ईजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द
जेठ २३ गते । विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ ।

इजरायल र प्यालेस्टाईनबीचको सदाबहार तनाव र गाजा क्षेत्रमा ईजरायली सेनाको ज्यादतीबारे प्रश्न उठेपछि अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको हो ।

राजनीतिक र अन्य केही दबाबले विश्वकप पूर्व ईजरायलसँग खेल्ने तय भएको अभ्यास खेल रद्द गर्नुपरेको अर्जेन्टाइनी खेलाडी गोन्जाले हिगुवानले पुष्टी गरेका छन् ।

उता विश्वकप फुटबलको आयोजक राष्ट्र रुसलाई मैत्रिपूर्ण खेलमा टर्कीले बराबरीमा रोकेको छ । विश्वकप पूर्वको अन्तिम अभ्यास खेलमा रुस र टर्कीले एक–एक गोलको बराबरी खेलेका हुन् ।

खेलको ३६ औं मिनेटमा रुसका सामेदोभले गोल गर्दै टोलीलाई अग्रता दिए पनि ६० औं मिनेटमा टर्कीका युनुस मल्लीले गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

विश्वपकको अभ्यासकै लागि खेलिएको अर्को खेलमा सर्बियालाई चिलीले पराजित गरेको छ ।

विश्वकपको तयारीमा रहेको सर्विया विरुद्धको खेलमा विश्वकपमा छनौट हुन नसकेको टोली चिलीलाई विजयी गराउन मारिपानले ८८ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो ।

रुसमा यही जुन १४ तारिखमा सुरु हुने विश्वकप फुटबलका लागि अहिले टोलीहरु अन्तिम तयारीमा रहेका छन् । स्रोतःइमेज च्यानल

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा