ताजा खबर

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने

RadioTaplajung

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने
 जेठ ११ गते । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग उसैको मैदानमा पहिलो एक दिवसीय क्रिकेट खेल्ने तय भएको हो ।

इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० बीच एकदिने ट्वेन्टी ट्वेन्टी त्रिकोणात्मक शृङ्खला हुँदैछ । उक्त शृङ्खलापछि नेपालले नेदरल्यान्ड्स गएर दुईवटा एक दिवसीय खेल खेल्न लागेको हो ।

नेपालले अगष्ट १ र ३ तारिखमा नेदरल्यान्ड्ससँग दुई खेल खेल्ने तय भएको हो ।

केही महिनाअघि सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाल अर्को वर्ष आयोजना हुने विश्व कपका लागि छनोट हुन असफल भए पनि चार वर्षका लागि एक दिवसीय क्रिकेट खेल्ने हैसियत बनाउन सफल भएको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०ले नेपालको क्रिकेट संघमाथि निलम्बन लगाएको अवस्थामा नेपाली टोलीले कहिले र कोविरुद्ध एक दिवसीय क्रिकेट खेल्छ भन्ने अन्योल थियो ।

नेदरल्यान्ड्स विरुद्धको एक दिवसीय खेलबारे आईसीसीले आधिकारिकरुपमा केही नबताए पनि क्रिकेट अनलाईनहरुले खेल तालिका सार्वजनिक गरिसकेका छन् ।

नेदरल्यान्ड्स विरुद्धको खेलका लागि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितापछि खेलाडी छनौट गरिनेछ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आगामी आइतबार काठमाडौंमा सुरु हुँदैछ । स्रोतःइमेज च्यानल डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा