ताजा खबर

वेष्टह्यामसँग पनि बराबरीमा रोकियो लिभरपुल, उपाधि यात्रामा ठूलो धक्का

RadioTaplajung

माघ २२ गते ।  इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो खेलमा बराबरीको नतिजा ल्याएको छ । अघिल्लो साता लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको लिभरपुल वेष्टह्यामसँग पनि १–१ कै बराबरीमा रोकियो ।

प्रिमियर लिगको उपाधि अभियानमा रहेको लिभरपुललाई यो बराबरीले ठूलो घाटा लागेको छ । २५ खेल सकिँदा लिभरपुलले जम्मा तीन अंकको अग्रता कायम गर्न सकेको छ । लिभरपुलको ६२ अंक छ भने म्यानचेस्टर सिटीको ५९ अंक छ ।

सोमबार राति वेष्टह्यामको मैदानमा भएको खेलमा साडियो मानेले २२औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि नै माइकल एन्टोनियोले गोल फर्काएपछि खेल बराबरीमा पुग्यो । बाँकी समयमा थप गोल हुन नसक्दा लिभरपुल बराबरीमा रोकियो ।

लिभरपुल शीर्ष स्थानमा कायम रहँदा वेष्टह्याम भने ३२ अंक सहित १२ औं स्थानमा छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा