ताजा खबर

अख्तियारले सरकारलाई भन्यो–‘भ्रष्टाचार र ढिलाइ अक्षम्य’

RadioTaplajung

माघ २१ गते ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका बेथिति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालित आयोजनाहरूको काममा भइरहेको ढिलाइ र भ्रष्टाचार क्षम्य हुन
नसक्ने बताए ।

उनले सार्वजनिक निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था सम्बन्धमा अख्तियारले गरेको अध्ययनबाट सरकारी विकास–निर्माण कार्यको अवस्था भयावह पाइएको जानकारी गराए । उनले १ हजार ८ सय ४८ आयोजनाको निर्माण समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेको र २३ अर्ब रुपैयाँभन्दा बढी सरकारी रकम पेस्की लिएर ठेकेदारले दुरुपयोग गरिरहेको उल्लेख गरे ।

अख्तियारद्वारा जारी विज्ञप्तिका अनुसार घिमिरेले ती आयोजना सम्पन्न नभई अधिकांशको म्याद थप नै नभएको र कतिपयको पटकपटक म्याद थप भएर पनि कार्य सम्पन्न नभएकाले सरकारी स्रोतको उपयोग हुन नसकेकोतर्फ गम्भीर हुन विकास–निर्माणसँग सम्बन्धित मन्त्रालय र विभाग अधिकारीलाईसचेत गराए ।

अख्तियारले सार्वजनिक निर्माणमा देखिएका समस्या हटाई सुशासन कायम गर्न जरुरी देखिएको भन्दै गत असोज ११ मा समिति गठन गरी अध्ययन सुरु गरेको थियो ।

सरकारले सञ्चालन गरेका आयोजनामध्ये रुग्ण ठेक्काका बारेमा पूर्वाधार विकाससँग सम्बन्धित सातवटा मन्त्रालयअन्तर्गतका विभाग, प्राधिकरण, कम्पनीगरी आठवटा निकायले उपलब्ध गराएको विवरण अध्ययन एवं समग्र अवस्थाको विश्लेषण गरी सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालयमा बुझाइसकिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा समेत पठाइसकिएको छ ।

विकास आयोजनासँग सम्बन्धित मन्त्रालयका सचिवले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रतिवेदनमा उठेका विषय र सम्पन्न नभएका आयोजनाको बारेमा जानकारी गराएका थिए । उनीहरूले ती आयोजना समयमै सम्पन्न गराउन तथा आगामी दिनमा ठेक्का व्यवस्थापनमा सुधार गर्न अख्तियारले दिएका सुझाव प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

प्रमुख आयुक्त घिमिरेले सरकारी निकायद्वारा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्थाको अध्ययन गरी प्रतिवेदन दिनु र यसप्रकारको छलफल कार्यक्रम आयोजना गर्न‘को मूल उद्देश्य आयोगलाई संविधानप्रदत्त दण्डात्मक अधिकारको कमभन्दा कम प्रयोग गरी मुलुकको सार्वजनिक निर्माण क्षेत्रमा सरकारी स्रोत साधनको अधिकतम उपयोग गर्नमा सहयोग पुर्‍याउनु रहेको जानकारी गराएका थिए ।  ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्