ताजा खबर

जेल जानबाट बचे रोनाल्डो, १६.६ मिलियन भने तिर्नुपर्ने

२०७५ माघ ८ गते ।  स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएका छन् । अदालतले उनलाई २३ महिना जेल सजाय पनि सुनाएको छ तर, उनी जेल बस्नु पर्ने छैन ।

यो सिजन रियल मड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डो मंगलबार स्पेनिस अदालतमा हाजिर भएका थिए । मिडियालाई छल्ने प्रयास गरेका रोनाल्डोले भिडियोमार्फत उपस्थित हुने वा अदालतको भवनमा कारमार्फत प्रवेश गर्ने प्रस्ताव राखेका थिए ।

तर, न्यायाधीशले दुबैलाई अस्वीकृत गरे । अदालतमा आफैं उपस्थित भएका उनले अभियोजनकर्ताले प्रस्ताव गरेको १६.६ मिलियन युरो जरिवाना स्वीकार गरेका छन् ।

पाँच पटकका बालोन डि’ओर अवार्ड विजेता रोनाल्डोमाथि २०१० देखि २०१४ सम्म छर छलेको आरोप लागेको थियो । त्यसबेला उनी रियल मड्रिडमा थिए ।
अनलाइनखबर

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा