थाइल्याण्ड वुमन्स टि–२० स्म्याश : नेपाल उपविजेतामै सीमित
माघ ५ गते । थाइल्याण्ड वुमन्स टि–२० स्म्याशमा नेपाल उपविजेतामा सीमित भएको छ ।
फाइनलमा आयोजक थाइल्याण्डसँग ७० रनले पराजित भएपछि सिनियर महिला क्रिकेटको पहिलो उपाधि जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन । १२२ रनको लक्ष्य लिएर दोस्रो इनिङ शुरु गरेको नेपालका कुनै पनि ब्याट्सवुमन क्रिजमा जम्न सकेनन् ।
पहिलो ओभरमा नै ओपनर काजल श्रेष्ठलाई गुमाएको नेपालले दोस्रो ओभरमा इन्दु वर्मालाई गुमाउन पुग्यो । लगातार विकेट पतनको शिकार बनेको नेपालका लागि नेरी थापा र सिता रानामगरले मात्र दोहोरो अंकको रन जोड्न सके । नेरीले १७ रन बनाएकी थिइन् भने सिताले १३ रन जोडिन् ।
नेपालका चार खेलाडीले खाता नै खोल्न सकेनन् । नेपाललाई कम स्कोरमा रोक्नका लागि सुलिपोर्न लाओमीले तीन विकेट लिइन् भने सोर्नारिन टिपोचले दुई विकेट झारिन् ।
नेपालले अघिल्ला खेलमा जस्तो दरिलो बलिङ गर्न नसक्दा थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाउँदै १२१ रन बनायो । उसका लागि नाटाकान चान्थमले अविजित ६९ रनको अर्धशतकीय योगदान दिइन् ।
उनले ६७ बलमा चार चौका प्रहार गरेकी थिइन् । नारुमोल चाइवाई २७ रन जोडेर रनआउट भइन् । त्यसपछि क्रिजमा आएकी चान्डिया सुत्थिरुवाङले ११ बलमा १९ रन बनाएकी थिइन् । उज्यालो अनलाइन
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर
फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा
प्रतिकृया दिनुहोस