ताजा खबर

सरस्वती क्लबलाई एक-शून्यले पराजित गर्दै झापा ११ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

RadioTaplajung

२७ पुस,रेडियो ताप्लेजुङ–झापा ११ झापा पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज –(शुक्रवार ) भएको पहिलोेमी फाइनल खेलमा सरस्वती क्लव काठमाण्डौलाई १–० गोल अन्तरले हराउदै उक्त टिम फाइनलमा प्रवेश गरेको हो ।

झापा ११ का तर्पmवाट कप्ता कर्ण लिम्वुले ५३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

सरस्वती क्लवका तर्फवाट मैदानमा उत्रेका बिदेशी खेलाडीहरुले पटक पटक बिबाद गर्दा खेल निर्धारित समय भन्दा केहि लम्बिन पुग्यो ।

आजको खेलमा झापा ११ का खेलाडी दिलेन लोक्तामलाई म्यान अफ दि म्याच घोषित गर्दै नगद १० हजार सहित पुरस्कृत गरियो ।

भोली रोयल फुटवल क्लव दार्जिलिङ र त्रिभुवन आर्मी क्लव काठमाण्डौविच अन्तिम सेमी फाइनल खेल हुने आयोजकले जनाएको छ ।

भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये आयोजक फिदिम स्पोर्टिङ,व्वाइज युनियन,सरस्वती क्लव, सुनसरी ११, एपिएफ,ताप्लेजुङ र मोरङ  बाहिरिइ सकेका छन ।

नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा