ताजा खबर

फाल्गुनन्द गोल्डकप:ब्वाइज युनियनलाई स्तब्ध पार्दै दार्जिलिङ सेमिफाइनलमा आज झापा–११ र सरस्वती क्बल भिड्ने

RadioTaplajung


 रेडियो ताप्लेजुङ, ब्वाइज युनियन काठमाण्डौलाइ रोयल फुटवल क्लव दार्जिलिङ फाल्गुनन्द गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।
 

विहिवार भएको खेलमा व्वाइज युनियनलाई ०–२ गोल अन्तरले हराँउदै दार्जिलिङले १० औं रुष्लान फाल्गुनन्द गोल्डकपको सेमी फाइनल यात्रा सुरक्षित गरेको हो ।दार्जिलिङका तर्फवाट करण राईले मात्रै २ गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा १ गोल गर्दै खाता खोलेका उनले मध्यान्तर पछि ७४ औं मिनेटमा दोस्रो गोल गर्दै टिमको जीत सुनिश्चित गरे । आजको खेलमा राईलाई नै म्यान अफ दि म्याच घोषणा गर्दै नगद १० हजार सहित पुरस्कृत गरियो । खेलको सुरुवाती चरणवाटै दार्जिलिङले अन्तिमसम्म व्वाइज युनियनलाई दवावमा राखेको राखेको थियो । यो सँगै फाल्गुनन्द गोल्डकपमा आजदेखि क्वाटर फाइनल चरणा सवै खेल सम्पन्न भएका छन । भोली पहिलो सेमी फाइनल सरस्वती क्लव काठाण्डौ र झापा ११ विच हुने आयोजकले जनाएको छ ।

फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेको १० औं रुष्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये आयोजक फिदिम स्पोर्टिङ सँगै सुनसरी, एपिएफ,ताप्लेजुङ र मोरङ बाहिरिइ सकेका छन ।
 शुक्रबारको पहिलो सेमिफाइनल खेलमा झापा–११ले सरस्वती क्बल काठमाडौंको समाना गर्नेछ। प्रतियोगिता शनिबारबाट सुरु भएको हो। फिदिम स्पोर्टिङ क्लब र पाँचथर फुटबल संघको संयुक्त आयोजित प्रतियोगिता सोमबारसम्म चल्नेछ।

नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा