ताजा खबर

ताप्लेजुङमा वर्षासहित हिमपात

RadioTaplajung


पुुस २५ रेडियो,ताप्लेजुङ स् ताप्लेजुङमा वर्षासहित हिमपात भएको छ। बुधबार दिउँसो जिल्लाका अधिकांश भूभागमा हल्का वर्षा भएको र हिमाली क्षेत्रमा हिउँ परेको फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ।

ताप्लेजुङमा भदौयता पहिलो पटक पानी परेको कार्यालयका नायव मौसम विज्ञान सहायक हिराप्रसाद भट्टराईले जानकारी दिए। सदरमुकाम फुङलिङमा दिउँसो १ मिलिमिटर वर्षा भएको उनले बताए।

हिमपात भएको भने यो दोस्रो पटक हो। पापुङ, जलजले, पाथीभरा, घुन्सा, ओलाङचुङगोला, याम्फुदिन लगायतमा बाक्लै हिमपात भएको स्थानीयले बताएका छन्। वर्षापछि चिसो बढेको छ। बुधबार १ हजार ८ सय ५० मिटर उचाईमा रहेको ताप्लेजुङ सदरमुकामको तापक्रम ४ डिग्रीमा झरेको छ।  

लामो समयपछि पानी परेको भन्दै कृषकहरु हर्षित भएका छन्। अहिलेको वर्षाले आलु, गहुँ, तोरी लगायतका हिउँदे बाली र अलैंचीलाईसमेत फाइदा पुग्ने सिरिजङ्घा गाउँपालिका ५ का कृषक कृष्ण लिम्बुले बताए।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक