ताजा खबर

ताप्लेजुङको तापेथोक बगरमा आगलागि, ३ घर जले

RadioTaplajung

 

 

सीताराम गुरागाई । रेडियो ताप्लेजुङ,ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक बगरमा आगलागि भएको छ । बगरको बजारमा साँझ ५ बजे लागको आगोले स्थानीय बुद्ध ताप्मादेनका ३ वटा घर जलेका छन् । प्रहरी र स्थानीयको सक्रियतामा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको स्थानीय रोसन ताप्मादेनले टेलिफोनमा जानकारी दिए । ताप्मादेनका अनुसार नजिकमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्रको चेक पोष्ट र स्वास्थ्य चौकि भवन भने बचाइएको छ ।

जलेको मध्ये एउटा घरमा ठूलो पसल, एउटामा गोदाम र अर्कोमा गाउँपालिका तथा बैंकका कर्मचारी बस्ने कोठा थियो । एक्कासी आगो लागेकाले घरबाट कुनै पनि सामान निकाल्न नसकिएको स्थानीय सर्मिला ताप्मादेनले बताइन् । आगलागिबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको उनको भनाई छ । यो फक्ताङलुङ गाउँपालिकाकै ठूलो व्यापारिक केन्द्र हो । गाउँपालिकाका कर्मचारी, लेलेप, ओलाङलुङगोला, हेल्लोक र इखाबुका यात्रु र कञ्चनजंघा हिमाल जाने पर्यटक समेत बस्ने केन्द्र यहि हो ।  

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक