ताजा खबर

कुमुदिनी अक्षयकोषबाट २ विद्यार्थी पुरस्कृत

दिपक दुलाल,पौष १६,नवमीडाँडा,पाँचथरको फाल्गुनन्द गाउँपालिका १ स्थित सिद्धेश्वरी मावि सुर्केनागीका २ जना विद्यार्थी कुमुदिनी अक्षयकोष छात्रवृत्तिबाट आज पुरस्कृत भएका छन्।

  उक्त विद्यालयबाट गत २०७४सालको एस.ई.ई.परीक्षामा सर्वोत्कृष्ट भएका विद्यार्थीहरु सुसन नेम्वाङ र मनिषा आङ्देम्बे कुमुदिनी अक्षयकोष छात्रवृत्तिबाट पहिलोवर्ष पुरस्कृत भएका हुन्।

 विद्यालयमा आयोजित एक कार्यक्रमका विच छात्रतर्फ उत्कृष्ट सुसन नेम्वाङ र छात्रातर्फ उत्कृष्ट मनिषा आङ्देम्बेलाई नगद २ हजार पाँचसय २० रुपैयाँका दरले पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।

 फाल्गुनन्द १ को साहित्यिक संस्था नवमीडाँडा साहित्य मञ्चले गतवर्ष  विद्यालयमा २१हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको हो।

 अक्षयकोषको व्याजबाट प्रत्येकवर्ष उक्त विद्यालयबाट एस.ई.ई. परीक्षामा सबैभन्दा बढी अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाइ प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गरिदिएको नवमीडाँडा साहित्य मञ्चका अध्यक्ष राज दिलाञ्जलीले बताउँनुभयो।

पुरस्कार वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद लुइँटेलको प्रमूख आतिथ्यता,नवमीडाँडा साहित्य मञ्चका सचिव मणी चापागाईंको विशेष आतिथ्यता र विद्यालयका प्रधानाध्यापक जनार्दन दुलालको अध्यक्षतामा सम्पन्न भएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले