ताजा खबर

ताप्लेजुङ प्याब्सनको आयोजनामा छात्र/छात्रा एथलेटिक्स

ताप्लेजुङ प्याब्सनको आयोजनामा छात्र/छात्रा एथलेटिक्स
रेडियो ताप्लेजुङ,मंसिर २७ गते । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको वार्षिक कार्यतालिका बमोजिम विहिबार माध्यमिकस्तरीय छात्र÷छात्रा हाइजम्प,त्रिपलजम्प,लङजम्प र सटफुट (एथलेटिक्स) प्रतियोगीता सम्पन्न भएको छ ।
महिलातर्फको लङजम्पतर्फ कंञ्चन एकेडेमीका पुस्पा मादेन प्रथम र मेची सेन्टमेरिजका रोश्नी दाहाल दोश्रो र लिटल बुद्धका आरजु खड्का तेश्रो बन्नुभएको छ । यसैगरि पुरुषतर्फको लङजम्पतर्फ कंञ्चन एकेडेमीका कोसिस अधिकारी प्रथम,लिटल बुद्धका प्रकाश गुरुङ दोश्रो तथा नवज्योती आवासिय माविका दिनेश लिम्बु तेश्रो भएका छन् ।
यसैगरि महिला सटफुटतर्फ लिटल बुद्धका प्रशंसा तामाङ प्रथम,मेची सेन्टमेरिजका सिमरन गुरुङ दोश्रो र कंञ्चन एकेडेमीका नुमाफुङ साँवा तेश्रो भएका छन् । पुरुष सटफुटतर्फ मेची सेन्ट मेरिजका निमा शेर्पा प्रथम,कंञ्चन एकेडेमीका खेम जोगी दोश्रो र नवज्योती आवासिय माविका अङ्ककित लिम्बु तेश्रो भएका छन् ।
यसैगरि महिला हाइजम्पतर्फ मेची सेन्टमेरिजका रोश्नी दाहाल प्रथम,लिटल बुद्धका नेलिया श्रेष्ठ दोश्रो तथा कंञ्चन एकेडेमीका उषा लिम्बु तेश्रो भएका छन् । पूरुष हाइजम्पतर्फ लिटल बुद्धका वविश विष्ट प्रथम,अक्सफोर्ड मोडल स्कुलका विक्रम तामाङ दोश्रो र मेची सेन्टमेरिजका निमा शेर्पा तेश्रो भएका छन् ।
यसैगरि महिला त्रिपलजम्पतर्फ कंञ्चन एकेडेमीका पुष्पा मादेन प्रथम,नवज्योती आवासिय माविका मुना सुनुवार दोश्रो र मेची सेन्टमेरिजका रोजिना लिम्बु तेश्रो भएका छन् । पूरुषतर्फको त्रिपलजम्पमा कंञ्चन एकेडेमीका कोसिस अधिकारी प्रथम भएका छन् । दोश्रो र तेश्रो क्रमशः नवज्योती आवासिय माविका दिनेश लिम्बु र लिटल बुद्धका असिम तोलाङ भएका छन् ।
प्रतियोगीता लिटल बुद्धको मैदानमा भएको थियो । सात विद्यालय सहभागी विद्यालयका विजयी विद्यार्थीलाई प्याब्सन प्रदेश सल्लाहाकार काजीमान पालुङवा,प्रदेश सदस्य दिनेश प्रसाई डोलेश्वर,जिल्ला अध्यक्ष इन्द्र वहादुर गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक